सयपत्रीको सेयर रजिस्ट्रारमा एनआइबिएल

Read Time = 2 mins

काठमाडौं । सयपत्री हाइड्रोपावरको सेयर रजिस्ट्रारमा एनआइबिएल एस क्यापिटल नियुक्त भएको छ । उक्त नियुक्तिसँगै हाइड्रोपावर कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजसम्बन्धी सम्पूर्ण कार्य एनआइबिएल एस क्यापिटलमार्फत् हुनेछ । हाइड्रोपावरले साउन १३ देखि १७ गतेसम्म सात लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरी साउन २४ गते सेयर बाँडफाँट गरेको थियो ।

कम्पनीको आइपिओ छजनाले ११ कित्ताका दरले र ६७ हजार ५२ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गरेका छन् । क्यापिटलका अनुसार कम्पनीको आइपिओमा कुल १४ लाख १३ हजार पाँच सय ७२ आवेदन परेकोमा आठ सय ७३ आवेदन अयोग्य र दुई सय ३१ आवेदन अस्वीकृत भएका छन् । बाँकी १४ लाख १२ हजार चार सय ६८ आवेदन स्वीकृत भएका छन् ।

बागलुङको ताराखोला गाउँपालिका २ र ३ मा कम्पनीले २.५ मेगावाटको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न गरी आयोजनाबाट २०७३ असार १२ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो । आयोजनाको कुल लागत ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २१ करोड ३८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?