सुफिया भुजेललाई ‘मिस युनिभर्स नेपाल’को उपाधि

Read Time = 2 mins

काठमाडौं । यो बर्षको ‘मिस यूनिभर्स नेपाल’को उपाधि सोफिया भुजेलले जित्नुभएको छ । काठमाडौंको याक एण्ड यति होटलमा गएको बिहीबार बेलुका आयोजना भएको भव्य समारोहमा सोफियाले चर्चित सौन्दर्य प्रतियोगिताको ताज पहिरिनुभयो । उहाँलाई, पूर्व ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेतले ताज लगाइदिनुभएको थियो । सोफियाले उपाधिसँगै १० लाख रुपैयाँ र इलेक्ट्रोनिक स्कुटी पनि प्राप्त गर्नुभयो । साथै, उहाँले अब ७१औं शृंखलाको ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

उपाधि जितेपछि सोफियाले मिडिया कुराकानीमा भन्नुभएको छ, ‘मैले मिस युनिभर्स नेपालको उपाधि जित्ने सपना बोकेकी थिएँ । विगत १२ दिनदेखिको क्लोज क्याम्प मेरा लागि यो उपाधि जित्न अझै सहयोगी भएको छ ।’ काठमाडौं निवासी २७ वर्षीया सोफियाले सम्पूर्ण घेरा तोडेर अगाडि बढेका महिलाहरू नै आफ्नो प्रेरणाको स्रोत भएको बताउनुभएको छ । यस वर्षको ‘मिस युनिभर्स नेपाल’को निर्णायकमा बैंकर अनिल केशरी शाह, नायिका प्रियंका कार्की, ऋचा शर्मा, संगीता थापा, सिमा गोल्छा, थियागाराजन रामाशामी हुनुहुन्थ्यो ।

यस्तै, यस वर्षको ‘मिस युनिभर्स नेपाल’को फष्टरनरअप विपना अधिकारी, सेकेण्ड रनरअप आश्मा केसी, थर्ड रनरअप सेफिना जोशी र फोर्थ रनरअप मोनालिसा पराजुली हुन सफल हुनुभएको छ । उमंग क्रियशनले यो प्रतियोगिताको आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?