विकास बोर्डद्वारा ‘प्रेमगीत ३’ टिमलाई सम्मान

Read Time = 1 min

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत ३’ को टिमलाई चलचित्र विकास बोर्डले सम्मान गरेको छ । नेपाली चलचित्र क्षेत्रको प्रोत्साहनका लागी सदैव अग्रसर रहने वाचा गरेका विकास बोर्ड अध्यक्ष भुवन केसीले त्यसको सुरुवात गर्नुभएको हो ।

बोर्ड अध्यक्ष नियुक्त भएको केही सातापछि आइतबार उहाँले बोर्डआमा कार्यक्रमको आयोजन गर्दै हिन्दी भाषामा समेत रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ को टिमलाई सम्मान गरेको हो ।

भुवनले चलचित्र विकास बोर्डबाट प्रोत्साहन मिलोस आगामी दिनमा अझै राम्रो काम गर्ने इच्छा बढोस भनेर सम्मान गरिएको बताउनुभयो । ‘प्रेमगीत ३’ टिमको तर्फबाट निर्देशक तथा निर्माता सन्तोष शेन, नायक शिव श्रेष्ठ, कलाकार सुनिल थापा, मनिष राउत, प्रेम पुरीलगायत उपस्थित रहनु भएको थियो । प्रदीप खड्का र कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको चलचित्र असोज ७ गतेबाट रिलिज हुँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?