‘प्रेम गीत ३’ को ट्रेलर सार्वजनिक

Read Time = 3 mins

काठमाडौं । हिन्दी भाषामा डब भएर भारतका सिनेमाघरमा प्रदर्शन हुन लागेको चलचित्र ‘प्रेमगीत ३’को ट्रेलर सार्वजनिक भएको छ । प्रदीप खड्का र क्रिष्टिना गुरुङको मुख्य भूमिका रहेको चलचित्रको ट्रेलर बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा मुख्य अभिनेता प्रदीप दुई अवतारमा देखिनुभएको छ । राजपरिवारमा जन्मेको पात्र प्रेमको राज योग र प्रेम योगको वरिपरि घुम्ने बताइएको चलचित्रको ट्रेलरमा पनि दुवै पाटो देखाइएको छ । जसमा प्रदीपलाई एक्सन र रोमाण्टिक दुवै अवतारमा देखाइएको छ ।

भारतका लागि डिजिटल राइट्स किनेको जी म्युजिक कम्पनीको युट्युब च्यानलमार्फत सार्वजनिक भएको ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । हिन्दी र नेपाली गरी दुई भाषामा डब भएको चलचित्र नेपाल, भारतसहित विश्वका विभिन्न देशमा आगामी असोज ७ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

सन्तोष सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको यो चलचित्रमा प्रदीप र क्रिष्टिनासँगै सुनील थापा, मनिष राउत, माओत्से गुरुङ, लक्ष्मी बर्देवा, योगिशा खत्रीलगायत कलाकारको अभिनय छ । ‘प्रेमगीत ३’ले हिन्दी भाषामा डब भएर भारतमा प्रदर्शन हुने पहिलो चलचित्रको इतिहास बनाउँदैछ ।

लकडाउनमा निर्माता सेनले भारतीय टिभीमा रिलिज गर्नेगरी मुम्बईमा चलचित्रको डबिङ गर्नुभएको थियो । तर, भारतका वितरकले चलचित्र मन पराएपछि हलमै प्रदर्शन गर्ने वातावरण बनाए । अहिले सन्तोषसहितको टिम भारतमा चलचित्रको प्रचार गरिरहेको छ । चलचित्रको यसअघि नेपाली र हिन्दी भर्सनमा निर्माण टिमले दुईवटा टिजर सार्वजनिक गरेको थियो ।

https://www.youtube.com/watch?v=YroXZEErED8

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?