अमेरिकामा गिरिको सम्झना

हिमालय टाइम्स
Read Time = 4 mins

बाल्टिमोर । अमेरिकामा नेपाली कांग्रेस नेता एवं प्रतिनिधिसभाका सदस्य स्व.प्रदीप गिरिको सम्झना गरिएको छ । उहाँको स्मृतिमा एक शोक सभाको आयोजना गरी उहाँको स्मरण गरिएको हो ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं समाजवादी चिन्तक गिरिको देहावसानको १३औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर आयोजित शोक सभाका सहभागीहरूले नेता गिरिको विचार र व्यक्तित्वको चर्चा गरेका थिए । नेपाली जनसम्पर्क समिति, मेरिल्याण्ड च्याप्टरले नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय र निर्देशन अनुरूप तेह्रौं दिनको दिन यो शोक सभा गरेको हो ।

कार्यक्रममा नेता गिरिको निधनले कांग्रेस पार्टीलाई मात्र नभएर सिंगो मुलुकलाई नै अपूरणीय क्षति पुगेको भन्दै सहभागी वक्ताहरूले समाजवाद र माक्र्सवादको विषयमा गहिरो दख्खल राख्ने र विश्लेषण गर्नसक्ने नेता गिरिले बीपी कोइरालाको समाजवादको सिद्धान्तलाई व्याख्या गरेर सहज बनाइदिएको भन्दै गिरिकोे बहुआयामिक व्यक्तित्वका बारे चर्चा गरेका थिए ।

नेपाली जनसम्पर्क समिति, अमेरिकाका प्रचार विभाग प्रमुख एवं कांग्रेसको १४औं महाधिवेशन प्रतिनिधि गौतम दाहालले नेता गिरि सानो भुगोलको उँचो व्यक्तित्व भन्दै दक्षिण एशिया र भारतमासमेत गान्धीवादी दर्शन र समाजवादी चिन्तकका रूपमा नेता गिरि सम्मानित रहेको बताउनुभयो । उहाँले नेता गिरिकै समन्वय र पहलमा नयाँदिल्लीमा सन् २००५ मा लोकतन्त्रु नामक विचार प्रधान मासिक पत्रिका प्रकाशन गरीसँगै काम गर्ने अवसर पाएको र नेता गिरि सदैव युवा पुस्ताप्रति भरोसा गर्ने र प्रोत्साहित गर्ने गरेको भन्दै उहाँको स्मरण गर्नुभयो ।

प्रेस युनियनका पूर्वमहासचिव समेत रहनुभएका जनसम्पर्क समितिका पूर्वप्रवक्ता तरुण पौडेलले नेता गिरि आफ्ना विचार प्रष्ट राख्न सक्ने निडर स्वभावको व्यक्ति भएको भन्दै गिरिले प्रतिबन्धित कालमा तरुण पत्रिका सम्पादन गरेको क्षणसमेत चर्चा गर्नुभयो । ‘उहाँ विद्वान र तार्किक कुरा गर्नसक्ने लालचबिनाको नेता हुनुहुन्थ्यो, उहाँका लेख, विचार र अन्य सामग्रीको संकलन गरेर कांग्रेसले भावी पुस्तालाई अध्ययन गराउनुपर्छ’, पौडेलले भन्नुभयो ।

बाल्टिमोरस्थित मोर्गन स्टेट युनिभर्सिटीको पुस्तकालयमा आयोजित शोकसभामा जनसम्पर्क समितिका केन्द्रीय सदस्य गोपाल विश्वकर्मा, च्याप्टर महासचिव नेत्र केसी, पूर्वकेन्द्रीय सदस्य भुवनेश्वरी बन्जाडे, च्याप्टरका संस्थापक सभापति रामचन्द्र अधिकारी, म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष अमर छन्त्याललगायतले नेता गिरिको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

च्याप्टरका सभापति राजेन्द्र सेञ्चुरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको आरम्भमा नेता गिरिको स्मृतिमा एक मिनेट मौन धारण गर्दै तस्वीरमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?