धेरै फिँजयुक्त नयाँ पेप्सी

Read Time = 2 mins

काठमाडौं । मोर फिँज भन्ने नाराका साथ पेप्सीले उपभोक्ताको तिर्खा मेटाउने बाचासहित नेपाली उपभोक्ता लागि नयाँ पेप्सी प्रस्तुत गरेको छ । कम्पनीका अनुसार नयाँ परिमार्जित पेप्सीमा बढी फिँज आउँछ, जसले पहिले नपाइएको स्पूmर्तिदायी स्वाद प्रदान गर्नेछ । नयाँ पेप्सीको अनावरण शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच पेप्सी सद्भावना दूत एवं नायक प्रदीप खड्काको उपस्थितिमा गरिएको हो ।

नेपालमा आगामी दिनमा गरिने ‘मोर फिँज, मोर स्वाग’ अभियानले पनि सम्पूर्ण नयाँ पेप्सीका लागि स्फूर्तिदायी अनुपातलाई बढी जोड दिने कम्पनीले जनाएको छ ।

सो अवसरमा पेप्सीको नेपालका एसोसिएट डाइरेक्टर अनुज गोयलले भन्नुभयो, ‘पेप्सी सधैं नै स्वाग पुस्ताको रोजाइमा पर्दै आएको छ र अब ब्राण्डले नेपालका उपभोक्ताका लागि यसभन्दा अघि कहिल्यै नभएको फिँजयुक्त स्वाद प्रदान गरिरहेको छ । बजार अध्ययनअनुसार उपभोक्ताले चिसो पेप्सी पिएसँगै ताजापनको एक अर्को झट्काको चाह राख्ने गरेको पाइएको छ र यो नयाँ परिमार्जित स्वादले त्यसलाई परिपूर्ति गरिदिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?