काठमाडौं । लिम्बू भाषा संस्कृतिमा बनेको चलचित्र ‘रित’ को प्रिमियर गरिएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस्द्वारा निर्माण गरिएको चलचित्र ‘रित’ को सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर गरिएको हो ।
चलचित्रमा लिम्बू जातिको विवाहसँग सम्बन्धित कथा छ । चलचित्रमा लक्ष्मी योङ्हाङ, विमला खजुम, तान्छोहाङ इङनाम, सागर केरुङ, याशेली योङ्हाङ, तेज मेन्याङ्बो, सोनु थोक्लीहाङ, भीम थेबे, पूर्ण सेलिङ, रत्न लिङ्देन लावती, नन्दु तुम्वापो, एञ्जिला नेम्वाङ, राजु घिमिरे, प्रभु कुरुम्बाङ, नितु रानी नेम्वाङ र दिनेश माङ्मुको अभिनय छ ।
चलचित्रमा होमकुमार लावती, आशा नेम्वाङ र विष्णुकुमार इङनाम निर्माता र वसन्त थेबे सहनिर्माता रहनुभएको छ । मिक हांग लिङ्देनको प्रस्तुति रहेको चलचित्रमा संगीत मान तबेबुङ, अशोक राईको छ । मेचु धिमाल, सुसन साम्सोहाङ, मान तबेबुङ र श्रेयसी चेम्जङले स्वर दिनुभएको छ भने नृत्य दिनेश माङमु र छायांकन सुमन योञ्जनको रहेको छ ।
चलचित्रमा सागर केरुङको कथा र दिनेश लिङ्देनको निर्देशन छ । प्रिमियर शोमा गायिका मनु नेम्बाङ, कलाकारद्वय कृष्णराज नेम्बाङ र अगमसिंह यक्पाङ्देनलाई सम्मान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच