बिएफआइएन र सिपिएससीबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिएफआइएन) ले कोलम्बो प्लान स्टाफ कलेज (सिपिएससी) फिलिपिन्ससँग रणनीतिक सम्झौता गरेको छ । मंगलबार सिपिएससीद्वारा आयोजित एक समारोहबीच बिएफआइएन-सिपिएससीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा बिएफआइएनका प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र सिपिएससीका महानिर्देशक प्राध्यापक जिएलडी विक्रमासिंघेले हस्ताक्षर गर्नुभएको छ ।

रणनीतिक सम्झौताको उद्देश्य दुवै संस्थाको दायराभित्र रहेका विभिन्न संस्थाका कर्मचारीको क्षमता विकासका क्षेत्रमा मिलेर काम गर्ने उद्देश्य रहेको छ । डा. आत्रेयले दुवै संस्थाबीचको सहकार्यले धेरै सदस्य राष्ट्रको जनशक्ति विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले दुवै संस्थालाई आपसी हितका क्षेत्रमा तालिम आयोजना गर्न सुझावसमेत दिनुभयो ।

विक्रमासिंघेले सहकार्यबाट मनिलामा कार्यक्रम सञ्चालन गर्न सहयोग गर्ने आश्वासन दिनुभयो । बिएफआइएनले सिपिएससीसँगको सहकार्यमा ११ देखि १५ अक्टोबर २०२२ सम्म मनिलामा उन्नत बैंक व्यवस्थापन तालिम कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंकको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?