ह्यारी पोटरका रुबियस हेग्रिडको निधन

Read Time = 2 mins

लसएञ्जल्स । हलिउडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनले ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरेका हुन् ।

रोबी ब्रिटिश सिरिज ‘क्रेकर’ मा गरेको उत्कृष्ट अभिनयका लागि पनि लोकप्रिय थिए । उनको जन्म ३० मार्च १९५० मा स्कटल्याण्डको ग्लासगोमा भएको थियो । उनको वास्तविक नाम एन्थोनी रोबर्ट मेकमिलन थियो ।

आफ्नो पढाई पूरा गरेपछि जब रोबीले अभिनयमा आफ्नो पाइला चाले, सुरुवाती दिनमा उनले निकै संघर्ष गर्नुपरेको थियो । अभिनयमा खासै सफलता नपाएपछि उनी क्लबमा स्टेण्ड अप कमेडी गर्न सक्रिय थिए । उनले आफ्नो अभिनय करियरको सूरुवात टेलिभिजन सिरियलबाट गरेका थिए ।

फिल्ममा आउनुअघि उनले ‘फ्लेश गार्डन,’ ‘ब्लेकएडर’ र ‘कीप इट इन द फेमिली’ जस्ता शोमा काम गरेका थिए । यसबाहेक उनी ‘ए किक अप द एइटीज’, ‘द कमिक स्ट्रिप’ र ‘अल्फ्रेस्को’ जस्ता कमेडी शोमा पनि देखिएका थिए ।

सन् १९९३ र २००६ को बीच प्रसारण भएको जिमी मेकगवर्नको क्रेकर सिरिजमा रोबी एक असामाजिक आपराधिक मनोवैज्ञानिकको भूमिकामा देखिएका थिए । तर उनले बढी चर्चा ‘ह्यारी पोटर’को भूमिकाबाट पाए । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?