ल्युब आयलको ३० प्रतिशत लाभांश पारित

Read Time = 2 mins

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले साधारणसभामार्फत् सेयरधनीलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो अवसरमा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले नेपाल ल्युब आयलले अघिल्लो वर्षजस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको भन्दै व्यवस्थापन र अन्य टोली सदस्य कम्पनीको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा डमरु बल्लभ, गुणराज भट्ट र अन्य सेयरधनीले कम्पनी अन्य कम्पनीका लागि रोल मोडल बन्न सक्ने बताउनुभएको थियो । नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो, जसको ब्राण्डिङ साझेदारीमा म्याकल्यारेन रेसिङ कार र चेन्नई सुपर किङ जस्ता प्रतिष्ठित र स्थापित नामसँग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?