एजेण्डाविनाको चुनावी प्रतिस्पर्धा

डा. डीआर उपाध्याय
Read Time = 12 mins

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राजनीतिक दलहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सत्ता गठबन्धन मिलेर चुनावी प्रतिस्पर्धामा गएका छन् भने प्रमुख प्रतिपक्ष दल एमालेले पनि चुनावी तालमेल गरेको छ । यस्तै, देशभरिबाट स्वतन्त्र व्यक्तिहरूले पनि स्वतन्त्र उम्मेदवार दिएका छन् । यसअघिका निर्वाचनमा भन्दा यसपालिको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको बाहुल्य देखिएको छ । विगतका भन्दा यसपालि चुनाव रोचक हुने अवस्था देखिएको छ । तर, यसपालिको निर्वाचनमा राजनीतिक दलका खास मुख्य एजेण्डा देखिएका छैनन् ।

राजनीतिक दलहरू एजेण्डाविनाको चुनावी प्रतिस्पर्धामा उत्रिएको देखिन्छ । दलहरूको चुनावी एजेण्डा छैनन् । अब जनता आफैँ बुझ्ने भएका छन् । जनतामाथि पटकपटक बेइमान गर्ने राजनीतिकदलहरू यसपालिको चुनावी परिणामपछि अवश्य कमजोर हुने आकलन गर्न सकिन्छ । जनताले पाँच वर्षको अवधिमा राम्रोसँग सूक्ष्म अध्यन गरेर बसेका छन् । आज दलहरू आफ्नो स्वार्थका लागि विचार, नीति, सिद्धान्त नमिल्नेसँग पनि चुनावी तालमेल, गठबन्धन गरेर गएका छन् । जनता अलमल्याउने र जसरी हुन्छ सत्तामा पुग्ने खेल दलहरूले गरिरहेका छन् । यसरी हाम्रो देशको भविष्य कसरी निर्माण हुन्छ ?

अब राजनीतिक दलहरू इमानदार नबन्ने हो भने समस्या पक्कै आउँछ । आज हामीले देखिरहेका छौँ नेताहरूमा चरम अवसरवाद छ, नेताहरू भ्रष्टाचारमा चुर्लुंम डुबेका छन् । बेइमानको राजनीतिले मुलुकलाई अघि बढाउन सकिँदैन । जनता निरास र वाक्क भएको हामी देखिरहेका छौँ ।

पैसा हुनेहरू चुनावी प्रतिस्पर्धामा छन् । पैसा नहुनेले टिकट नै पाएका छैनन् । चुनाव यति महँगो भयो कि भनेर साध्य छैन । सबै राजनीतिक दलहरूमा नवप्रवेशीहरू हावी हुँदै गएका छन् । पार्टीका लागि लामो समयदेखि आफ्नो महत्वपूर्ण समय र योगदान दिएका नेता कार्यकर्ताहरू पछाडि परिरहेका छन् । यो किन भयो ? पैसा नभएपछि हरेक ठाउँमा पछि परिँदो रहेछ । समय यस्तो आयो कि पैसाविना केही नचल्ने भयो । चुनावमा पैसाको खोलो बग्नेवाला छ ।

आज हामी देखिरहेका छौँ, आमनिर्वाचन २०७९ को माहोल तातिसकेको छ । नेताहरू चुनावी प्रक्रियामा लागि सकेका छन् तर आमजनतामा निर्वाचनप्रति खासै उत्साह भने भएको देखिएन । कारण के हो त ? आमजनता यति बेला निरास भएको अवस्था देखिन्छ । राजनीति गर्ने नेताहरूले जनतामाथि पटक-पटक बेइमान गरिरहेका छन् । त्यो कारणले पनि जनतामा उत्साह देखिएन । जनतामा निरास आउनु भनेको खतराको संकेत हो । अब राजनीतिक दलहरू इमानदार नबन्ने हो भने समस्या पक्कै आउँछ । आज हामीले देखिरहेका छौँ नेताहरूमा चरम अवसरवाद छ । नेताहरू भ्रष्टाचारमा चुर्लुंम डुबेका छन् । बेइमानको राजनीतिले मुलुकलाई अघि बढाउन सकिँदैन । आज हामी देखिरहेका छौँ, जनता किन निरास र वाक्क छन् ?

लोकतन्त्रमा देश र जनता सम्पन्न हुनुपर्ने हो त्यो किन हुन सकेन ? कारण नेताहरू बेइमान भए अरू केही होइन । लोकतन्त्रको नाममा छाडातन्त्र चलेको छ । यसरी देश चल्दैन । जनताको बलमा आएको लोकतन्त्रमा राजनीतिक दल र तिनकै नेताहरू सबैभन्दा बढी छाडा भएका छन् । आज देशमा जसले जे गरे पनि हुने यो अवस्था चिन्ताजनक छ । दल र नेताहरू बिचौलियाको जालोबाट नराम्ररी घेरिएका छन् । आज मुलुकको राष्ट्रियता धरापमा परेको छ । नेताहरूले आफ्नो स्वार्थका लागि राष्ट्रिय स्वार्थसमेत बिर्सन पुगेका छन् । यो मुलुकका लागि ठूलो दुर्भाग्य हो । राजनीतिक दल र तिनका नेताहरू सच्चिने कुनै सुरसार नै गर्दैनन् । यस्तै अवस्थामा रहने हो भने हामी सकिन्छौँ ।

शासन व्यवस्थामात्रै राम्रो भएर हुँदैन, त्यसलाई सञ्चालन गर्नेहरू पनि राम्रा, इमानदार र कर्तव्यनिष्ट हुन जरुरी छ । आममतदाताहरूले हाम्रा मान्छे होइन, राम्रा मान्छे हेरेर भोट दिन सक्नुपर्छ । लोकतन्त्र प्रतिस्पर्धात्मक शासन व्यवस्था हो । तर, दलहरू मिलेर चुनाव लडन खोजिरहेका छन् । यसले लोकतन्त्र बलियो बनाउन सकिँदैन । कुनै सिद्धान्त, विचार र राजनीतिक मान्यता नै नमिल्ले राजनीतिक दलबीच गठबन्धन तथा तालमेल हुनु लोकतान्त्रिक पद्धति विपरीतको कार्य हो ।

आज जुन किसमिका गतिविधि भएका छन् ती सबै लोकतान्त्रिक शासन व्यवस्थालाई कमजोर बनाउने खेल सुरु भएको छ । गठबन्धन वा तालमेल यी दुवै प्रतिस्पर्धात्मक व्यवस्था र लोकतान्त्रिक परिपाटी विपरीतका कार्य हुन् । दलहरू जसरी पनि सत्तामा जाने खेल खेलिरहेका छन् । जनतामा भ्रम छर्केर दलहरू आफ्नो स्वार्थपूर्ति गर्ने खेलमा छन् यो कुरा जनताले आफैँ बुझ्न सक्नुपर्छ ।

निर्वाचनमा टिकट वितरण गर्दा दलहरूमा विवाद देखियो । टिकट वितरणको विषयलाई लिएर सबै दलमा एक किसिमको असन्तुष्टि देखिएको छ । अहिले, पैसाको बिटो हेरेर टिकट दिइएको छ । नेतृत्वको चाकडी दलाली गर्नेहरू अधिकांशले टिकट पाएका छन् । इमानदारहरू नेताहरूले टिकट पाएका छैनन् । आमनागरिक महँगीको मारले थिचिएका छन् । गठबन्धन र तालमेलधारीलाई भोट हाल्नुभन्दा अघि धेरैपटक सोच्नुपर्ने बेला आएको छ । गठबन्धनधारी र तालमेलधारीलाई किन र केका लागि भोट हाल्ने ? अब प्रश्न गर्नुपर्ने बेला भएको छ । आमजनता समस्या नै समस्याले ग्रस्त भएका छन् । नेताहरूमा सत्तामा गएर लुटतन्त्र मच्चाउनेबाहेक अरू केही देखिएन ।

अब राजनीतिक दलका नेताहरू सच्चिनुपर्छ । लोकतन्त्र बचाउने भनेको दलहरूले हो । दलहरू नमिलेसम्म लोकतन्त्र बलियो हुँदैन । लोकतन्त्र बलियो बनाउन पनि दलहरू मिल्नुपर्छ । आज देशमा राजनीतिक अवस्था त्यति राम्रो ढंगले चलेको छैन । जनता धेरै निरास अवस्थामा छन् । राजनीतिक दलहरूले जनतालाई भ्रममा पारिरहेका छन् । अब जनता सचेत हुनुपर्छ आज जनताको चेतनास्तरमा निकै वृद्धि भइसकेको छ । अहिलेका जनता मुलुक हाँक्ने भएका छन् । अब हुने चुनावमा जनताले आफैँ फैसला गर्छन् । अब मतदाता सचेत हुनुपर्ने आवश्यकता देखिएको छ ।

अब जनतालाई सचेत र सजग बनाउनुपर्ने बेला आएको छ । राजनीतिक दलहरूले मुलुक बनाउने चिन्ता पटक्कै गरेनन् । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट पाठ सिकेर दलहरू अघि बढ्नुपर्छ । दल र तिनका नेताहरूले सधैँ नेपाली जनतालाई सोझो सम्झँदै आएका छन् । नेताहरूका भ्रष्ट प्रवृत्तिका विरुद्ध जनता जाग्नुपर्छ । अब पुरानै तरिकाले मुलुक बन्दैन । जनतालाई झुक्याउने दिन पनि गए । देश र जनताको भविष्य बनाउन दलहरू गम्भीर बन्नुपर्ने हो । त्यस्तो अवस्था अझै देखिएन । आगामी चुनावमा हाम्राभन्दा राम्रा मान्छे जिताउने अभियान चलाउनुपर्छ । देश बनाउन राम्रा मान्छेको आवश्यकता छ । गलत मान्छे राजनीतिमा हावी भए भने समस्या आउँछ ।

अब राजनीतिक दलका नेताहरू सच्चिनुपर्छ । लोकतन्त्र बचाउने भनेको दलहरूले हो । दलहरू नमिलेसम्म लोकतन्त्र बलियो हुँदैन । लोकतन्त्र बलियो बनाउन पनि दलहरू मिल्नुपर्छ । आज देशमा राजनीतिक अवस्था त्यति राम्रो ढंगले चलेको छैन ।

आज देशमा ठूलो समस्या आएको छ । देशको समस्या समाधान गर्न राम्रा मान्छे चुनावमा जितेर आउनुपर्छ । राजनीतिमा कुरामात्र बढी भयो व्यवहारमा कुनै कुरा पनि लागू भएन । नेताहरूले जनता झुक्याउने खेलमात्र भयो । सबै नेपाली जनता सचेत र जागरुक नभएसम्म समस्या आइरहन्छ । यो निर्वाचनमा पुराना नेताहरूलाई रोक्ने र नयाँ पुस्ताका युवाहरूलाई जिताउने जिम्मा आममतदातको हातमा छ । चुनावमा मतदाताले उचित फैसला गर्नुपर्छ । गलत मान्छेलाई हराउने अभियान मतदाताको हातमा छ । अब कुरा गरेरमात्र हुँदैन, व्यवहारमा देखाउनुपर्ने भएको छ ।

समय र परिस्थितिको सामाना गर्दै देशको भविष्य बनाउनु छ । राम्रा उम्मेदवारलाई जिताउनु आममतदाताको कर्तव्य र दायित्व हो । राम्रा उम्मेदवारले जिते देशले जित्छ । यो नै हाम्रो कर्तव्य हो । मुलुक बनाउन इमानदार नेताको खाँचो हुन्छ । इमानदार नेता अझै हामीले पाउँन सकेका छैनौँ । यो हाम्रा लागि दुर्भाग्य हो । समय र मागअनुसार नेता जन्मन सक्छन् । यो कुरा हामीले बुझ्नु पर्छ । समय र मागलाई नेपाली जनताले पर्खेर बसेका छन् । त्यो दिन अवश्यै आउनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?