नेपालमा छायांकन भएको बलिउड चलचित्र ‘उचाइ’को ट्रेलर सार्वजनिक

Read Time = 2 mins

मुम्बई । नेपालमा छायांकन गरिएको बलिउड चलचित्र ‘उचाइ’ को ट्रेलर सार्वजनिक भएको छ । सुरज आर बर्जातियाको निर्देशन तथा राजश्री प्रोडक्सनको व्यानरमा निर्माण भएको यस चलचित्रमा भारतीय सुपरस्टार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी डेन्जोङ्पा, नीना गुप्ता, परिणिती चोपडालगायत कलाकारको अभिनय छ ।

ट्रेलरमार्फत चलचित्रले आफ्नो साथीलाई अन्तिम श्रद्धाञ्जलि प्रकट गर्न साथीको अस्तु सगरमाथामा विसर्जन गर्न निस्केका तीन वृद्धको यात्रा र सो क्रममा उनीहरूले भोग्न परेको संघर्षको विषयवस्तुलाई प्रस्तुत गरेको अनुमान लगाउन सकिन्छ । चलचित्रको एक महिनाभन्दा बढी नेपालमा छायांकन गरिएको थियो ।

चलचित्रमा परिणितीले नेपाली पदप्रदर्शकको भूमिका निर्वाह गर्नुभएको छ । साथै चलचित्रमा नेपाली कलाकार परमिता राज्यलक्ष्मी राणा, सरोज लामिछाने, डम्बर बोहरालगायतको अभिनय छ । चलचित्र आगामी नोभेम्बर ११ देखि विश्वभर एकै साथ प्रदर्शनमा आउँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?