धनुषामा टेम्पो दुर्घटना हुँदा चालकको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

धनुषा । धनुषाको सबैला नगरपालिका-९ भठियनमा आज टेम्पो अनियन्त्रित भई पल्टिदा चालकको मृत्यु भएको छ ।

भठियनबाट दुई जना विद्यार्थीहरू बोकी खरियानी तर्फ जाँदै गरेको ज १ ह ३० ७३ नंम्बरको टेम्पो आज बिहान ११ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा टेम्पो चालक सबैला नगरपालिका-१० खरियानीका ४४ वर्षीय रामसेवक पण्डित, अटोमा सवार धनुषाकै शहिदनगर नगरपालिका-१ का सन्तोष यादवकी ५ बर्षिया छोरी अंसु कुमारी यादव र सोही नगरपालिका-१ का दिलिप यादवका ९ बर्षिय छोरा कृष्णा यादव घाइते भएका थिए ।

घाइते तीनै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाउने क्रममा चालक पण्डितको बाटोमा नै मृत्यु भएको हो । घाइते २ जना बालबालिकाको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?