उपासनालाई ‘फकाउनै जानिनँ’ भन्दै आर्यन

Read Time = 5 mins

काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’को गीत ‘फकाउनै जानिनँ’ सार्वजनिक गरिएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी अभिनित यो चलचित्रको पहिलो गीत सोमबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।

दीपक शर्माको शब्द तथा संगीत रहेको यस गीतमा निशान भट्टराई र मेलिना राईको स्वर छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोलाई भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको हो ।

गीत सार्वजनिक कार्यक्रममा अभिनेता आर्यनले ‘डिसेम्बर फल्स’ बाट आफूले विगतभन्दा अझै धेरै दर्शकका माया पाउने जिकिर गर्नुभयो । उहाँले आफू केही समयको बिश्रामपछि पुनः यसै चलचित्रबाट पर्दामा आउन लागेकोमा निकै उत्साहीत रहेको बताउनुभयो । ‘यो फिल्ममा दर्शकले मेरो दुईटा रूप पाउनु हुनेछ,’ उहाँले भन्नुभयो, ‘फिल्म एक्शन, लभ, कमेडी र सेन्टिमेन्टन्स, सबै कुराको मिक्सअप छ । कम्प्लिट प्याकेज हेर्न पाउनु हुनेछ ।’

यस्तै, अभिनेत्री उपासनाले पहिलोपटक आर्यनसँग अभिनय गर्दा धेरै कुरा सिक्न र बुझ्न पाएको बताउनुभयो । ‘एक्दम अनुभवी कलाकार तथा टिमसँग काम गर्न पाउदा धेरै कुरा सिक्ने अबसर पाएँ,’ उहाँले भन्नुभयो, ‘मेरा अघिल्ला फिल्महरुलाई झै यसलाई पनि मन पराउनुहुनेछ भन्ने विश्वास लिएकी छु ।’ कोरियोग्राफर रामजीले ‘फकाउनै जानिनँ’ गीतका लागि सबैले अत्यन्तै मिहिनेत गरेको र निर्माताले दिल खोलेर पैसा लगाएको बताउनुभयो । ‘पछिल्लो समय यत्तिका लगानी भएका गीत कमै बनेका छन,’ उहाँले भन्नुभयो, ‘दर्शकले अवश्य पनि मन पराउनेमा हामी ढुक्क छौ ।’

निर्माता रामप्रसादले दर्शकको मनोरञ्जनका लागि आफूले कुनै कुराको कमी हुन नदिएको दाबी गर्नुभयो । यसअघि ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ जस्ता चलचित्र निर्माण गर्नुभएका उहाँले ‘डिसेम्बर फल्स’ले सबैको मन जित्नेमा आफू ढुक्क रहेको बताउनुभयो । चलचित्रका कार्यकारी निर्माता लक्ष्मण रिजालले यसपालि मनोरञ्जनका साथै स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रको विविधताको ‘कन्टेन्ट’ लाई पर्दामा उतारेको खुलासा गर्नुभयो ।

रिजाल एण्ड रिजाल प्रोडक्शनको व्यानरमा निर्मित यो चलचित्रमा आर्यन र उपासनाका साथमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय छ । रामप्रसाद रिजालको प्रस्तुति, लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता तथा रामप्रसाद र राजकुमार भट्ट निर्माता रहेको चलत्रिको कथा नर्स बिपिका खनालले लेख्नुभएको हो ।

दक्षिण भारतीय चलचित्रका चल्तीका सिनेमाटोग्राफर महेश आर गुप्ताले खिचेको चलचित्रको पटकथा र सम्वाद केदार भुसाल र प्रतीक पौडेलले तयार पार्नुभएको हो भने द्वन्द्व श्री श्रेष्ठको छ । बनिष शाहले सम्पादन गरेको चलचित्रका गीतको कोरियोग्राफी कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहले गर्नुभएको छ । आगामी पुस १५ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको यो चलचित्रको वितरण श्रीराम बालाजी फिल्मस्ले गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?