दीर्घकालीन र अमर सिर्जनाभन्दा पनि व्यापारिक सिर्जनाहरू बढी आएको देखिन्छ : उप्रेती

Read Time = 10 mins

साहित्यका विविध विधामा आफूलाई संलग्न गराउँदै आउनुभएको स्रष्टा हुनुहुन्छ हरि उप्रेती । उहाँ नेपाली साहित्य तथा गीतसंगीतको क्षेत्रमा समर्पित र स्थापित हुनुहुन्छ । उहाँका ‘करुण’ गीति एल्बम, अडियो बुक ‘मनका तरेलीहरू’ र ‘करुण-२’ गीति एल्बम श्रोता/दर्शकमाझ आएका छन् भने हालै गजलसंग्रह ‘गुनासो’ पाठकमाझ आएको छ । उहाँका धेरै गीत लोकप्रिय छन् भने गीतसंगीतबाट थुप्रै अवार्ड पनि चुम्न सफल हुनुभएको छ । भुटानबाट आफ्नो जन्मेको माटो बाध्यताबस छोडनुपरेको पीडाले साहित्य सिर्जनातर्फ आकर्षित हुनुभएको बताउनुहुने उहाँ ‘यसले आफूलाई पटक-पटक घोची रहृयो र घोची रहन्छ । आफ्नो पहिचान दिन भाषा र साहित्यभन्दा ठूलो माध्यम अर्को महसुस गरिन्, त्यसैले साहित्यमा लागिरहने छु’, भन्नुहुन्छ । यतिबेला अमेरिकामा रहेर नेपाली भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बद्र्धनका साथै समृद्धिमा आफूलाई संलग्न गराउँदै आउनुभएको स्रष्टा उप्रेतीले । दीर्घकालीन र अमर सिर्जनाभन्दा व्यापारिक सिर्जनाहरू बढी आएको देखिन्छ भन्नुहुने स्रष्टा हरि उप्रेतीसँग हिमालय टाइम्स दैनिकका लागि गीता अधिकारीले गर्नुभएको साहित्य वार्ताको संक्षिप्त अशं :-

यतिबेला के गर्दै हुनुहुन्छ ?
आफ्नो दैनिकी छँदै छ त्यसका अलावा गीत, गजल र साहित्य लेखनलाई अघि बढाउछु । फुर्सतको समयलाई सदुपयोग गर्ने काम गर्छु ।

हरि उप्रेती को हो ?
हरि उप्रेती एउटा साधारण व्यक्ति हो । तपाईंहरूजस्तै व्यक्ति अनि पहिचानको लडाइँमा होमिएको योद्धा र भाषा साहित्यमा कलम चलाउन सिक्ने सिकारु हो ।

साहित्यका विविध क्षेत्रमा कलम चलाउनुहुने यहाँलाई सबैभन्दा बढी मनपर्ने विधा चाहिँ कुन हो ?
तपाईंले भनेजस्तै साहित्यका विविध क्षेत्रमा म आफूलाई संलग्न गराउँदै आएको छ । मलाई प्रायः साहित्य विधाका सबै पाटो मनपर्छ तर बढी कलम चाहिँ गीत, गजल र कवितामा चलाउँछु ।

साहित्य क्षेत्रतर्फ कसरी आकर्षित हुनुभयो ?
जब मैले मेरो भाषा, संस्कृतिका कारण जन्मेको माटो छोड्नुपर्ने बाध्यता आयो यसले मलाई पटक-पटक घोची रहृयो र घोची रहन्छ । आफ्नो पहिचान दिन भाषा र साहित्यभन्दा ठूलो माध्यम अर्को मैले महसुस गरिन् । त्यसैले आज र भोलि पनि साहित्यमा लागिरहने छु ।

जब मैले मेरो भाषा, संस्कृतिका कारण जन्मेको माटो छोड्नुपर्ने बाध्यता आयो यसले मलाई पटक-पटक घोची रहृयो र घोची रहन्छ । आफ्नो पहिचान दिन भाषा र साहित्यभन्दा ठूलो माध्यम अर्को मैले महसुस गरिन् । त्यसैले साहित्यमा लागिरहको छु ।

गीत गजललाई कसरी परिभाषित गर्नुहुन्छ ?
गीत र गजलका शाब्दिक परिभाषा आफ्नै छन् र यिनीहरूका संरचना आफ्नै छन् तर मेरो बुझाइमा आफ्ना मनका भावना अभिव्यक्त गर्ने साहित्यिक विधा हुन् गीत र गजल ।

तपाईंका थुप्रै गीतले अवार्ड चुम्न सफल भएका छन्, आफ्ना सिर्जनाले अवार्ड चुमिरहँदा कस्तो अनुभूति हुन्छ ?
आफ्ना सिर्जनाले अवार्ड चुम्दा सबै सर्जकलाई खुशी नलाग्ने कुरै भएन । मेरा सिर्जनाले अवार्ड चुम्दा ती सिर्जनाको मूल्यांकन भएको महसुस हुन्छ र थप सिर्जना लेख्ने हौसला मिल्छ ।

कसका लागि लेख्नुहुन्छ यहाँ ?
एउटा लेखक वा सिर्जनाकारले पक्कै पनि अरूकै लागि लेख्ने गर्दछ । मैले लेख्ने सिर्जना एउटा व्यक्तिदेखि लिएर समाज अनि सिंगो देशका लागि लेख्ने गर्छु र साथ साथै आत्मा सन्तुष्टिका लागि लेखिन्छन् ।

साहित्य लेखनको आरम्भ कहिलेदेखि गर्नुभएको हो ?
मेरो साहित्य लेखन माध्यमिक तहको शिक्षासँगै सुरुवात भएको हो तर बजारमा भने औपचारिक रूपमा विगत दुई दशकदेखि आएका हुन् ।

यहाँको लेखनको आधार के हो ?
एउटा लेखकका सिर्जना गर्ने आधार थुप्रै हुन्छन । मेरा आधार भने समाज, संस्कृति, प्रकृति, प्रेम र मौलिकता हुन् ।

अहिले बजारमा आइरहेका गीतसंगीतलाई कसरी लिनुहुन्छ ?
अहिलेका गीतसंगीतले भाषा साहित्यलाई त टेवा भरपुर पुर्‍याएको देखिन्छ । तर, सँगसँगै मौलिक पन हराउँदै गएको हो कि जस्तो देखिन्छ । क्षणिक प्रचारका लागि बढी सिर्जना कोरिएको हो कि जस्तो लाग्छ । दीर्घकालीन र अमर सिर्जनाभन्दा पनि व्यापारिक सिर्जना बढी आएको देखिन्छ । म हरेक सिर्जनाको सम्मान गर्छु फरक यति हो सिर्जनाले कस्तो सन्देश प्रवाह गरिरहेको छ त्यो अलि महत्वपूर्ण लाग्छ ।

यहाँका कस्ता सिर्जना पाठक, दर्शक र श्रोतामाझ आएका छन् ?
मेरा धेरै प्रकारका सिर्जना बाहिर आएका छन् । दर्जनौं चलचित्रमा पाश्र्व गीतकारको रूप सिर्जना कोरेको छु । आधुनिक सुगम संगीतमा आधारित गीति एल्बम, भजन एल्बम र पछिल्लो समय लोक दोहोरी गीत पनि लेखेको छु । करिब ७० भन्दा बढी गीत बजारमा आइसकेका छन् । त्यस्तै सामाजिक परिवेशलाई आधार मानेर गजल संग्रह ‘गुनासो’ पनि बजारमा आएको छ ।

अझै कस्ता सिर्जना ल्याउने सोच बनाउनुभएको छ ?
कस्ता सिर्जनाभन्दा पनि हरेक मान्छेको मन छुने, समाजलाई सकरात्मक सन्देश प्रवाह गर्न सक्ने र जीवन्त रहने खालका सिर्जना प्रकाशन गर्ने जमर्को गर्दै छु

गीत, गजल र कविताबाहेक अन्य क्षेत्रमा कलम चलाउने सोच बनाउनुभएको छ कि ?
गीत, गजल र कविताबाहेक अन्य विधामा पनि कलम अवश्य चल्ने छ । एउटा ऐतिहासिक आख्यान तयारी गर्ने क्रममा छु र त्यस आख्यान लेखको मध्य भागसम्म पुगिसकेको छु । चाडै नै पाठक माझ ल्याउने तयारीमा जुट्ने कोसिसमा छु ।

आफ्ना सिर्जना पाठक, श्रोता÷दर्शकमाझ पु¥याएपछि कस्तो अनुभूति हुन्छ ?
मलाई लाग्छ हरेक सिर्जनाकारले आफ्ना सिर्जना पाठक, श्रोता/दर्शकमाझ पुर्‍याउँदा खुशीको अनुभूत गर्नुहुन्छ । मलाई पनि एउटा गौरवको अनुभूति हुन्छ, पाठक, श्रोता र दर्शकले दिएको प्रतिक्रियाले थप हौसला मिल्छ ।

यहाँको लेखनलाई परिवारको कस्तो साथ सहयोग मिलेको छ ?
परिवारको एउटा सदस्यले सफलता हात पार्नुमा सम्पूर्ण परिवारको अवश्य भूमिका त रहन्छ नै । त्यस्तै मेरो सन्दर्भमा पनि त्यति कै भूमिका छ । विशेष गरेर श्रीमती राधिका उप्रेती, छोरीहरू लीला उप्रेती र लक्ष्मी उप्रेतीको महत्वपूर्ण सहयोग रहेको छ ।

अन्त्यमा ?
यो संवादका लागि आभारी छु । मेरो अनुभूतिहरू साट्ने मौका प्रदान गरिदिनु भएकोमा हिमालय टाइम्स दैनिक र तपाईंलाई हार्दिक आभार व्यक्त गर्दछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?