काठमाडौं । ब्रदर्श स्पोर्ट्स क्लब, ढोरपाटन ‘ए’ र किङ्स क्लब पहिलो ढोरपाटन फोर ए साइड (पार्क) भलिबल च्याम्पियनसिपको प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शुक्रबार एन्जल्स हार्ट कलेजलाई २५-९ र २५-१७ को सोझो सेटमा पराजित गरी अन्तिम १६ मा पुग्न सफल भएको हो । अब यो समूहबाट कञ्चन स्पोर्ट्स क्लब र एन्जल्स हर्टबीचको विजेता समूह उपविजेता बनेर अघि बढ्नेछ ।
यस्तै, पोल ‘ए’ बाट ढोरपाटन क्लब न्युटन ‘ए’ लाई २५-१३ र २५-२१ ले पराजित गरी प्रि-क्वाटरफाइनलमा पुगेको छ । ढोरपाटनको जितले जेनेक्स भलिबल क्लब पनि अन्तिम १६ मा पुग्दा न्युटन बाहिरिएको छ ।
यस्तै, ढोरपाटन ‘सी’ ले न्युटन ‘बी’ लाई १२-२५, २५-२१ र २५-२२ ले पराजित गर्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गर्दा मैदान स्पोर्ट्स क्लब पनि अन्तिम १६ मा पुगेको छ । न्युटन ‘बी’ बाहिरिएको छ । यस्तै, न्युटन ‘ई’ माथि २५-२२ र २५-१५ को जित निकाल्दै किङ्स क्लब तथा रुवि भ्यालीले पनि न्युटनलाई २५-२० र २५-१५ ले हराएर अन्तिम १६ मा पुगेको छ ।
पोल ‘सी’ मा सिवाइसीले न्युटन ‘सी’ लाई २५-१७, १८-२५ र २५-१८ ले पराजित गर्दै प्रि-क्वाटरफाइनलमा प्रवेश गर्दा गणतान्त्रिक पनि अन्तिम १६ मा पुगेको छ । यस्तै, मामाभान्जाले पर्वत गेस्ट हाउसलाई २६-२४ र २५-१२ ले पराजित गरेको छ ।
ढोरपाटन स्पोर्ट्स क्लबको आयोजनामा १८ पुससम्म चल्ने प्रतियोगितामा विभिन्न २३ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले प्रि-क्वाटरफाइनलमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ, कप र गोल्ड मेडल प्राप्त गर्नेछ । दोस्रो हुनेले ५० हजार, कप र सिल्भर मेडल प्राप्त गर्नेछ । तेस्रो हुनेले २५ हजार रुपैयाँ, कप र ब्रन्ज मेडल प्राप्त गर्नेछ । चौथो हुनेले १५ हजार रुपैयाँ हात पार्नेछ ।
च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले छ हजार तथा व्यक्तिगत विधातर्फ पनि जनही तीन हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको