लुम्बिनी माओवादीको संसदीय दल नेतामा जोखबहादुर महरा

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनीमा दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क) बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा चयन हुनुभएको छ ।

आज सम्पन्न प्रदेशसभा सदस्यहरुको बैठकले उहाँलाई दलनेताको रुपमा निर्वाचित गरेको हो । लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र) ९ जनाको प्रदेश सभासदस्यहरुले सर्वसमति रुपमा चयन गरेको हो ।

बैठकमा स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको रोवहरमा सर्वसमतिमा टुङगएको थियो ।

निर्वाचित भएपछि स्थायी समिति सदस्य एवं मुख्यमन्त्री कुलप्रसाद केसी ले लुम्बिनीबाट सरकार र दलको नेतृत्व गर्नका लागि शुभकामना दिनुभएको छ । उहाँले सरकार र दलको नेतृत्व गर्नुहोला सफल कार्यकालको शुभकाना भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?