धारामा लडेर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

भक्तपुर । भक्तपुरमा घर बाहिरको बरण्डामा रहेको धारामा लडेर  एकजनाको मृत्यु भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ बोडे निलबाराही बस्ने सुमिता पोख्रेलको ३ तले घरको भुई तलामा डेराकोठा गरी बस्ने ललितपुर गोदावरी नगरपालिका वडा नं. १४ बाँडेगाँउ घर भएका वर्ष ३६ की सृजना महर्जनको मृत्यु भएको हो ।

घर बाहिरको बराण्डामा रहेको धारामा लडेर घाइते भएपश्चात अस्पताल पुर्‍याइएकी उनको दिउँंसो मृत्यु भएको हो । लडेपछि उनलाई उपचारको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यू भएको भक्तपुर प्रहरी परिसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?