बालसाहित्यमा बालकहरूको योगदानको चर्चा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । बाल साहित्यकार विनोद दहाल वत्सले बालसाहित्यमा बालबालिकाहरू स्वयंले पनि योगदान गर्दै आएको बताउनुभएको छ । रत्नसागर प्रकाशनले आयोजना गरेको ‘बालसाहित्यमा बालकहरूको योगदान’ विषयक अन्तरक्रियात्मक कार्यक्रमा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।

उहाँले पौढहरूले बालबालिकाका लागि लेख्ने र बालबालिकाले पनि बालबालिकाहरूकै लागि लेख्ने साहित्य नै बालसाहित्य हो भन्नुभयो । मूल रूपमा अमेरिकारमा बस्दै आउनुभएका बालक प्रसम घिमिरेको ‘जोर्नी इन टु द ओडस्’ शीर्षकको हालै प्रकाशित पुस्तकको समीक्षात्मक विश्लेषण गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो ।

१० वर्षीय बालक प्रसन्न घिमिरे अमेरिकाको क्लोभिसमा आफ्ना अभिभावकसँग बस्दै आउनुभएको छ र उहाँ कुनै घटना वा वस्तुलाई आफ्नो कल्पनामा ढालेर त्यसलाई आख्यानात्मक रूप दिने गर्नुहुन्छ । यस पुस्तकमा उहाँका विभिन्न छवटा कथाहरू सचित्र प्रकाशित गरिएको छ । रत्नसागिर प्रकाशनका प्रमुख मोहनबहादुर केसीले बच्चाहरूको रुचि र लेख्ने बच्चाहरूको लेखकीय क्षमताका आधारमा आफूले बालसाहित्यका पुस्तकहरू पनि प्रकाशित गर्दै आएको बताउनुभयो ।

यही क्रममा उहाँले आफ्नो प्रकाशनबाट समीक्षा थापाको ‘आमा’, माधव तिमिल्सिनाको ‘जून छुने रहर’, अर्चना उप्रेतीको ‘मेरो नेपाल’ कुमुद पाण्डेयको ‘पूmलबारी’ बालबालिकाहरूको संयुक्त लेखन भएको ‘हाम्रा कथा’ र ‘टुहुरी रमा’ शीर्षकका पुस्तकहरू प्रकाशित भइसकेका र अझै बालसाहित्यका केही पुस्तकहरू प्रकाशनका क्रममा रहेका बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?