घरभित्र बसौँ भूकम्पको डर, घर बाहिर बसौँ हिमपात

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

बाजुरा । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको हिमाली गाउँपालिकाको बिच्छया र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा हिमाली गाउँपालिकाका स्थानीय हिउँमा कठ्याग्रिदै बस्न बाध्य भएका छन् ।

मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको बिच्छयामा केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि यहाँ नागरिकमा त्रास बढेको हो । फेरि पनि भूकम्प जाने होकी भन्ने डरले घरभित्र बस्न नसकिएको स्थानीयबासीले गुनासो गरेका छन् ।

हिमाली गाउँपालिकामा अहि मंगलबारदेखि बाक्लो हिमपात भएपछि बृद्धबृद्धा र बालबालिकाको जनजीवन कष्टकर बनेको छ । घरभित्र बस्दा भूकम्पको डर हुँने र घर बाहिर बस्दा चिसो र हिमपातका कारण समस्या भएको हो । सो क्षेत्रमा अहिले पनि हिमपात र बर्षा भइरहेको छ ।

हिमाली गाउँपालिकामै केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण त्रासले अहिले सम्म त्यहाँका नागरिक घरभित्र पस्न नसकेका हुन् । मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिकाको बिछया केन्द्र बिन्दु बनाएर ५.९ म्याग्नेच्यिूडको भूकम्प गएको थियो ।

भूकम्प प्रभाबित क्षेत्रमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी लगायतको सयुक्त टोली पठाइसकिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?