अभिनेता पल शाह जेलमुक्त

Read Time = 1 min

काठमाडौं । बलात्कारको आरोपमा जेल परेका अभिनेता पल शाह जेलबाट रिहाइ हुनुभएको छ । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उहाँलाई आइतबार सफाइ दिएको थियो ।

जेलमुक्त गर्न अदालतले गरेको आदेशअनुसार उहाँ सोमबार छुट्नु भएको हो । बलात्कारको आरोपमा जाहेरी परेपछि पलले गत वर्षको १५ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गर्नुभएको थियो ।

पलको स्वागतका लागि तनहुँ कारागारबाहिर समर्थकको भीड लागेको छ । उनीहरूले पल शाह हाइहाइ भन्दै नाराबाजी गरिरहेका छन् ।

यसअघि नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?