गृहनगरमा पुजन सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

झापा । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर पुजन उपरकोटी झापा धुलाबारीमा सम्मानित हुनुभएको छ । धुलाबारी जेसिजकोे ४४औँ स्थापना दिवसका अवसरमा धुलाबारी स्थायी घर भएका पुजनलाई सम्मान गरिएको जेसिजका अध्यक्ष योगेश राजवंशीले जानकारी दिनुभयो ।

पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा भएको जेसिज सप्ताहको समापन कार्यक्रममा उहाँलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो । पुजनलाई उत्कृष्ट खेलाडीका रूपमा सम्मान गरिएको जेसिजका प्रेस संयोजक विनिशा शर्माले जानकारी दिनुभयो ।

पुजनले २०७७ कात्तिक अन्तिममा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएको थियो । पुजनले झापा ११ एफसीबाट आफ्नो करिअर सुरु गर्नुभएको थियो । उहाँले च्यासलबाट बी डिभिजन खेलेपछि मनाङको यात्रा तय गर्नुभएको थियो । यू-२३ उमेर समूहमा पनि उहाँले नेपालको प्रतिनिधित्व गर्नुभएको थियो ।

हालै सम्पन्न प्रधानमन्त्री थ्री नेसन्स कपको सुरुवाती दुवै खेलमा पुजनले खेल्नुभएको थियो । उहाँले नेपालको रक्षात्मक मिडफिल्डको जिम्मेवारी सम्हाल्नुभएको थियो । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियनसिपमा उहाँ मच्छिन्द्र फुटबल क्लबबाट खेलिरहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?