काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा ‘लिडरसिपको २५ वर्षः बजाज लिडर्स मिट-२०२३’ मनाएको छ । कम्पनीले सन् १९९८ मा नेपाली बजारमा प्रवेश गरेदेखि हाइ-पर्फर्मेन्स मोटरबाइक उपलब्ध गराउँंदै आएको छ । आठ लाखभन्दा बढी नेपाली ग्राहकको मन जित्न सफल बजाजका बाइक पनि नेपालमै एसेम्बल हुने गरेका छन् । नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल एसेम्बल प्लान्टबाट हुलास अटो क्राफ्टले बजाज मोटरसाइकल एसेम्बल गर्दै आएको छ ।
मोटरसाइकल र तीनपांग्रे अटोलगायतका सवारीसाधनका विभिन्न मोडल उत्पादन गर्दै आएको बजाजसँग हरेक उपभोक्ताको आवश्यकताअनुसारको सवारीसाधन रहेका छन् । सो अवसरमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘नेपालको अटोमोटिभ उद्योगमा बजाजको २५औँ वर्षको रजत उत्सव मनाउन पाउँदा हामीलाई निकै खुसी लागेको छ । स्थापनाकालदेखि आजसम्म आइपुग्दा हामीले धेरै लामो यात्रा तय गरेर आएका छौँ र हामीले जे हासिल गरेका छौँ त्यसमा मलाई निकै गर्व छ । हाम्रा कर्मचारी र डिलरको कडा परिश्रम र समर्पण एवं हाम्रा ग्राहकको अपार माया र निरन्तर साथले नै यो सम्भव भएको हो ।
यसका लागि म उहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु ।’ साथै सो अवसरमा कम्पनीले नव वर्ष २०८० क्याम्पेन पनि लन्च गरेको छ । जसअन्तर्गत बजाजका कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गर्ने २५ ग्राहकले २५ प्रतिशतसम्म डाउन पेमेन्ट, १० हजारसम्मको स्योर-सट क्यास डिस्काउन्ट, एक केजी चाँदी पनि जित्ने मौका प्राप्त गर्न सक्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच