‘निरीमयाको’बाट रावललाई अवार्ड

Read Time = 2 mins

काठमाडौं । भिडियोका सम्पादक मीन रावलले ‘निरीमयाको’ बोलको गीतबाट सर्वोत्कृट भिडियो सम्पादकको अवार्ड चुम्न सफल हुनुभएको छ । काठमाडौंंमा हालै सम्पन्न ज्योति फिल्मस् म्युजिक अवार्ड २०७९ को चौथौ संस्करणमा उहाँले सो अवार्ड चुम्न सफल हुनुभएको हो ।

यसअघि तेस्रो एपिक म्युजिक अवार्ड, तेस्रो राष्ट्रिय काठे लोकदोहोरी म्युजिक अवार्ड, प्रियसी राष्ट्रिय शिल्भर अवार्ड प्राप्त गर्न सफल रावल सानै उमेरदेखि नेपाली कला क्षेत्रमा केही गर्छु भनेर रुचि राख्ने व्यक्ति हुनुहुन्छ ।

म्युजिक भिडियोको सम्पादनबाट पाएको अवसरलाई सदुपयोग गर्दै एउटा उत्कृष्ट सिर्जना बनाउने उद्देश्यसहित उहाँ लागि पर्नुभएको छ । भिडियो सम्पादनका अलावा कलरिङको काममा समेत अब्बल ठहरिनुभएका रावल सुदूरपश्चिम कैलालीको गोदावरीका हुनुहुन्छ ।

२०७४ सालदेखि भिडियो सम्पादनको काममा लागेर आफ्नो अब्बल क्षमता देखाइसक्नुभएका रावलले हालसम्म अञ्जु पन्त, प्रमोद खरेल, शिव परियार, विष्णु माझी, मेलिना राईलगायतका दर्जनौं लोकप्रिय कलाकारसँग सहकार्य गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?