आराममा राष्ट्रपति

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार राति स्वदेश फिर्ता हुनुभएको छ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार गराएर उहाँ स्वदेश फिर्ता हुनुभएको हो । राष्ट्रपति पौडेलको विभिन्न परीक्षण र उपचारपश्चात् हाल स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भई आइतबार रातिको नेपाल एयरलाइन्सको नियमित उडानबाट उहाँ स्वदेश फर्किनुभएको हो ।

राति स्वदेश फर्किएसँगै सिधै शितल निवास जानुभएका राष्ट्रपति पौडेल अहिले आराममा रहनुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राष्ट्रपति अहिले पूर्ण रूपमा आइसोलेसनमा रहेर आराम गरिरहनु भएको र तीन हप्ता कसैसँग नभेट्ने बताउनुभएको कार्यालयले जनाएको छ ।

वैशाख ६ गते भारतको नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति पौडेल उपचारका लागि भर्ना हुनुभएको थियो । उहाँलाई गत बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र सातजना चिकित्सकको टोली संलग्न हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?