मुस्ताङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

जोमसोम । मुस्ताङको थासाङ-१ टुकुचेमा शनिबार बिहान करिव ९ बजे ट्याक्टर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ ।

कालिगण्डकी नदीमा बालुवा लोड गरेर निर्माण स्थलतर्फ लैजाँदै गर्दा ग१त ६७३६ नम्बरको ट्याक्टरको अचानक अगाडीको इन्जिन रहेको भाग अनियन्त्रित भइ पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा धौलागिरी गाउँपालिका-३ दरक बस्ने ३४ वर्षीय तकबहादुर बुढाको इन्जिनले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिनुभयाे । ट्याक्टर थासाङ-२ बस्ने नगेन्द्र फगानीको रहेको बताइएको छ ।

टयाक्टर दुर्घटना भएको सूचनापछि प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलसहितको टोली घटना स्थलमा पुगेको थियो । प्रहरी टोलीले घटनाको आवश्यक अनुसन्धान सुरु गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?