जन श्रमदानलाई वडामा निवेदन दर्ता

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । श्रमदानका लागि भोजपुर नगरपालिका वडा नम्वर ८ का स्थानीयले वडा कार्यालयमा निवेदन नै दर्ता गराएका छन् । बिगतका जनप्रतिनिधीहरुको पालामा वडा स्तरमा कमै मात्र श्रमदानका कार्य हुने गरेको भएपनि अहिले भने वडामा निवेदन दर्ता नै गराएर स्थानीयहरु स्वतस्फुर्तरुपमा श्रमदानमा निस्कने गरेका छन् ।

वडा भित्रको सडक मर्मत, मठमन्दिर सरसफाई, बिद्युतीकरण लगायतका कार्यहरु अहिले वडावासीको सहभागितामा जनश्रमदानबाट नै हुदै आई रहेको वडाध्यक्ष नवीन प्रधानको भनाई रहेको छ । वडाध्यक्ष प्रधानले भन्नुभयो, “हामी निर्वाचित भएर आएपछि वडा भित्रको बिकास निर्माणमा जनसहभागिता बढाउन श्रमदान गर्न इच्छुकलाई निवेदन दिन आग्रह गरेका थियौ, सोही अनुसार अहिले वडामा श्रमदान गर्नेहरुको निवेदन दर्ता छ ।” साना तिना बिकास निर्माणका कार्यमा पनि बजेट नै चाहिने परिपाटी वडामा नदेखिएको वडाध्यक्ष प्रधानको धारणा रहेको छ ।
स्थानीय कर्णबहादुर कार्कीले वडा भित्र जनश्रमदान गर्दा बिकास निर्माणमा टेवा पुग्ने बताउनुभयो । आफ्नो ठाउँको विकासमा आफैँ जुट्न आवश्यक छ, कार्कीले भन्नुभयो, “बर्षातमा बाटो विग्रिएर जनजीवन प्रभावित हुन्छ, हामीले पुजापाठ गर्ने मन्दिरहरु फोहर हुन्छ, बिद्युतका तार तथा पोलहरुमा रुख पर्छन, यस्ता कार्यलाई पनि बजेट खोज्न थालियो भने कसरी वडाको बिकास हुन्छ ।” त्यसैले वडा भित्र जनश्रमदान अभियान प्रभावकारी हुनु पर्छ ।

वडा भित्र देखिएका समस्या समाधानका लागि प्रत्येक महिना जनश्रमदान हुदै आएको स्थानीयको भनाई रहेको छ । बाटो विग्रिएर आवत जावतमा समस्या हुने बाटाहरु तथा सडकहरु, बिद्यालय आसपासका बाटोहरु, मठमन्दिर सरसफाईमा पनि वडावासीको सहभागिता रहेको वडासदस्य निरकुमार प्रधानले बताउनुभयो । वडाले सञ्चालन गरेको श्रमदान अभियानमा स्थानीयले स्वतस्फूर्तरुपमा सहयोग गरिरहेको प्रधानको भनाई छ ।

वडा कार्यालयले ल्याएको अवधारणा अनुसार स्थानीय युवाहरु श्रमदानमा सकृयरुपमा खटेको स्थानीय युवा अनिल श्रेष्ठले बताउनुभयो । आफ्नो ठाउँको लागि स्थानीय नागरिकले खेलेको सानो भूमिकाले राज्यको ठुलो बजेट खर्च हुनबाट बच्ने श्रेष्ठको धारणा छ ।

वडाले ल्याएको अभियानमा सकृयरुपमा जोडिएको बताउँदै वडावासी राजन राईले भन्नुभयो, “आफ्नो ठाउँको विकास आफैँले गर्ने हो, वडाले थालेको अभियानमा स्थानीयको उत्साहजनकरुपमा श्रमदान रहेको छ ।” यो अभियानमा सवै वडावासीको सहयोग आवश्यक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?