रुखबाट लडेर एक पुरुष गम्भीर घाईते

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीमा रुखबाट लडेर एक पुरुष गम्भीर घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको इस्मा गाउँपालिका– ६ बुल्मका ३० वर्षीय गोरे कुमाल गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आज (शनिबार) बिहान १०ः३० बजेको समयमा घर नजिकैको आफ्नै बारीमा रहेको टुनिको रुखबाट घाँस झारी रुखबाट आफू झर्ने क्रममा अचानक रुखबाट करिब ५०/५५ फिट तल भुइँमा खस्दा उहाँ गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब निरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

घाइते कुमालको चिउडो तथा शरीरको भित्री भागमा चोट लागेको छ । अवस्था गम्भिर बोल्न नसक्ने रहेको छ । उपचारको लागि जिल्ला अस्पताल तम्घास ल्याएकोमा उपचार पश्चात थप उपचारको लागि पाल्पा तर्फ पठाउने पहल भैरहेको प्रहरी नायब निरीक्षक पाण्डेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?