हाम्रा चंगेज खानहरू

Read Time = 16 mins

माओवादीहरूले इण्डो पश्चिमा शक्तिको सेवक बनी दश वर्षसम्म मुलुकमा हत्या, हिंसा र लुटपाट मच्चाए । उनीहरूको लक्ष्य थियो नेपालबाट सनातन धर्म र यसको मौलिकता समाप्त पार्दै, नेपाली जनतालाई जातजाति, क्षेत्रमा विभाजन गरेर नेपालको अस्तित्व समाप्त पार्ने । उक्त दश वर्षमा सत्र हजारभन्दा बढी मानिसको हत्या भयो, हजारौं अंगभंग भए । तर, दाहाल र भट्टराईलाई सत्तामा पु¥याउन लडेका लडाकुहरूले के पाए ? अधिकांश आज गरिबीमा बाँचेका छन्, शरीरमा गोली लिएर ज्यूँदै छन्, धेरै जना खाडी र मलेशियामा श्रमदास बनेर रगतपसिना बगाइरहेका छन् । आफ्ना ती कार्यकर्ता र लडाकुहरूप्रति गैरजिम्मेवार तथा असंवेदनशील माओवादी नेतृत्व कसरी यो देशप्रति जिम्मेवार हुन सक्छन् ?

पहिलो पटक पुष्पकमल दाहाल प्रधानमन्त्री भएका थिए र उनको प्रमुख सल्लाहकार थिए शक्ति बस्नेत । बर्दियाको राष्ट्रिय निकुञ्जभित्रको खोला किनारमा केही मानव कंकाल र वस्त्रहरू यत्रतत्र छरिएका थिए । स्थानीयहहरूबाट बुझ्दा धेरै कंकाल र वस्त्रहरू खोलाले बगाएर लगिसकेको थियो । बुझ्दा ती कंकाल सेनाले हत्या गरेको माओवादीहको थियो । मैले ती कंकाल र वस्त्रहरूको तस्वीर खिचेर स्थानीय माओवादी नेताहरूलाई देखाउँदै यसको छानबिनको लागि प्रधानमन्त्री दाहाललाई भनेँ । तर, नेतृत्वले यसलाई हल्का रूपमा लिँदै मलाई नै शक्ति बस्नेतलाई भन्न भने । व्यक्तिगत रूपमा शक्ति बस्नेतसँग मेरो राम्रै चिनाजानी थियो ।

मैले उनलाई फोन गरेर सबै बताएँ र फोटाहरू पनि पठाएँ । प्रधानमन्त्रीलाई भनेर यसको छानविन गर्न भन्न भनेँ तर उनले मलाई नेपालगञ्जस्थित मानव अधिकार आयोगमा भन भने । प्रधानमन्त्रीबाट यस सम्बन्धमा छानविन हुन सक्दैन भने । मैले तपाईंहरूकै कार्यकर्ता र लडाकुहरूको कंकालको छानविन त तपाईंहरूले नै गर्नुपर्ने हो भन्दा उनले फेरि मलाई माथिको कुरा दोहोर्‍याए । पछि मैले नेपालगञ्जस्थित मानव अधिकार आयोगमा फोन गरेर सबै कुरा बताएपछि उताबाट जवाफ आयो, कंकाल र लुगाहरू कसको हो पत्ता लगाएर नाम र ठेगाना हामीलाई टिपाउनुहोस् अनिमात्र हामी छानबिन गर्न सक्छौं । कंकाल र लुगाले त आफ्नो परिचय दिन सक्दैनभन्दा आयोगका पदाधिकारीले त्यसो भए हामी छानविन गर्न असमर्थ छौं भने । कुरा त्यसै सेलायो ।

पुष्पकमल दाहाल र बाबुरामहरूलाई सत्तामा बसाउन जसले ज्यान दिए उनीहरूप्रति माओवादी नेतृत्वको वितृष्णा, गैरजिम्मेवारीले के पुष्टि गर्छ ? जसका लागि ज्यान दिने कार्यकर्ताहरूप्रति गैरजिम्मेवार हुने माओवादी नेतृत्व कसरी देश र जनताप्रति जवाफदेही हुन सक्छ ? एउटा हातमा बन्दुक र अर्को हातमा बाइबल लिएर मुलुक अघि बढ्छ ? देशविरुद्ध आक्रमण गरेको माओवादीमात्र आजको परिस्थितिका लागि एकलौटीरूपमा जिम्मेवार छैनन्, सँगसँगै माओवादी आतंकलाई बढाउन मद्दत गर्न रोमिओ र किलो शेरा टु आक्रमण गरी निरिह जनतालाई हत्या गर्ने कांग्रेस र त्यसपछि एमाले पनि उत्तिकै जिम्मेवार छन् ।

सन् १९३० मा इण्डियामा अनिकाल लाग्दा नेपालले सयौं क्वीन्टल धान इण्डियालाई दिएको थियो । बेलायतलाई कर्जा दिने, जापान र कोरियालाई चामल सहयोग दिने नेपाल आज अर्बौंको चामल आयात गर्ने मुलुक भएको छ ।

राजा ज्ञानेन्द्रले समाप्तप्रायः पारेको माओवादीलाई १२ बुँदे सहमतिबाट सत्ता सुम्पने दलहरू पनि उत्तिकै जिम्मेवार छन् । एकजना माओवादी नेताले मलाई भनेका थिए १२ बुँदे सहमति नभएको भए ज्ञानेन्द्रले हामीलाई समाप्त नै पारिसकेको थियो । हामीसँग चार हजार पनि सेना थिएनन् । हिजोको स्वर्णिम नेपाललाई आज नर्ककुण्ड बनाउनमा माओवादी मात्र नभएर कांगे्रस र एमाले पनि उत्तिकै जिम्मेवार छन् ।

सन् १९३० मा इण्डियामा अनिकाल लाग्दा नेपालले सयौं क्वीन्टल धान इण्डियालाई दिएको थियो । पञ्चायतकालमा बेलायतलाई कर्जा दिने, जापान र कोरियालाई चामल सहयोग दिने नेपाल आज अर्बौंको चामल आयात गने मुलुर्क मात्र भएको छैन, अपितु अत्यधिक वैदेशिक ऋणभारको मुनि च्यापिएर बस्नुपरेको छ । राजनीतिको अपराधीकरण भएको छ । कहिले समातिएको सुन पित्तल बन्छ, कहिले भारी मात्रमा सुन पास गरिसकेपछि थोरै सुन समातेर कानुनी राज्यको नौटंकी गरिन्छ । मुख्य अपराधी बचाइन्छ, मझौला र साना अपराधी जालमा समातिन्छ । कोइलाको खानीमा गोरो कोही पनि हुँदैनन्, सबै कालै हुन्छन् ।

आज माओवादीका कारण नेपालीहरू विभाजित भएका छन् । धर्म निरपेक्षता भनेको नेपाललाई ख्रिष्टान मुलुक बनाउने हो । आदिवासी, जनजाति, मधेसी, पहाडी आदि नाममा जनता जनताबीच फुट ल्याइएको छ । जसरी भए पनि राजनीतिक दलहको उद्देश्य नेपालको विघटन नै हो । कुनै बेला बेत संसारको सुन्दरतम ठाउँ थियो । हलीउड र बलिउडको फिल्महको सुटिंग त्यहाँ हुने गर्दथ्यो । विश्वको सुनको कूल कारोबारको पचास प्रतिशत कारोबार त्यहाँ हुने गर्दथ्यो । बेतलाई विश्वको सबैभन्दा ठूलो सुनको बजार भनिन्थ्यो ।

चङ्गेज खान हत्यारा थिए, लुटेरा थिए, आफ्नो राज्य विस्तारमा हिंस्रक थिए तर उनले जे गरे आफ्नो मुलुकका लागि गरे कुनै विदेशी शक्तिका लागि होइन् । उनी मंगोलियाको सनातन धर्म तेन्ग्री धर्मको भक्त थिए न कि ख्रिष्टान धर्म प्रचारक तथा विस्तारक ।

लेबनानको मुद्रा यति बलियो थियो कि कुनै बेला यो डलर र पाउण्डभन्दा पनि शक्तिशाली थियो । लेबनान अत्यन्त सुन्दर मुलुक थियो । सन् १९७२ सम्म लेबनानको राजधानी बेरुत घुम्ने सपना सबैको हुन्थ्यो । सन् १९६० सम्म लेबनानमा तीस प्रतिशत मुस्लिम थिए जसमा पन्ध्र प्रतिशत शिया र पन्ध्र प्रतिशत सुन्नी थिए । सन् १९७५ सम्म लेबनानमा चौवन्न प्रतिशत मुस्लिम भए जसमा सत्ताइस प्रतिशत सुन्नी र सत्ताइस प्रतिशत शिया थिए । त्यसपछि मुस्लिमहरूले त्यहाँ शरिया कानुन लागु गर्न माग गर्न थाले । ठाउँ ठाउँमा आगजनी हुन थाल्यो र यसरी त्यहाँ हिंसाको सुरुवात भयो ।

सन् १९७८ मा इरानमा सत्ता पल्टियो र त्यहाँ राजतन्त्रको ठाउँमा इस्लामिक शासन लागु भयो जसअन्तरगत आयातुल्लाह खुमेनीले शरिया कानुन लागु गरे । राजतन्त्र हुँदा इरान विश्वकै समृद्ध तथा सुखी मुलुक थियो । मुस्लिम कट्टरपन्थ थिएन, खुल्ला प्रजातन्त्र थियो । सत्ता पलटको असर लेबनानमा पर्‍याे । त्यहाँको कट्टर मौलवीहरूले लेबनानलाई धर्मनिरपेक्षबाट इस्लामी मुलुक बनाउन रक्तपात सुरु गरे । त्यसपछि संयुक्त राष्ट्र संघले लेबनानमा जनसांख्यिकी बसाइँसराइ गरिदियो । जसअनुसार ख्रिष्टानहरू र मुस्लिमहरूलाई अलग अलग ठाउँमा बसाउने काम ग¥यो ।

बेरुतमा ख्रिष्टान र मुस्लिमका लागि अलग अलग क्षेत्र निर्धारण गरियो । त्यसपछि सिया र सुन्नीहरूमा मारकाट सुरु भयो । सियाहरूले सुन्नीहरूको आमहत्या गरे र उनीहरूले हिजबुल्लाह आतंकवादी संगठन बनाए जसलाई इरान र सिरियाले समर्थन ग¥यो । ठूलो संख्यामा सुन्नीहरू भागेर साउदी अरब पुगे ।

नेपालको आसन्न स्थिति यदि यस्तै अवस्था रहिरहृयो भने त्यसभन्दा कम हुनेछैन । हामीबीचमै भोलि हिंस्रक परिस्थिति नआउला भन्न सकिँदैन । अन्य धर्मावलक्वी र सनातन धर्मावलम्बीबीच संघर्ष भए के हामीले पनि संयुक्त राष्ट्र संघलाई गुहार्ने ? आज लेबनानको अवस्था के छ ? एक आफूभित्रको संघर्ष अर्को इजरायलसँगको युद्ध । लेबनान अहिले युद्धमैदान भएको छ । अमेरिकी पकड भएको राष्ट्रसंघ एकचोटि मुलुकमा पसे मुलुक तहसनहस हुनेछ । कसले रक्षा गर्ने ? सेना तटस्थ छ, जनता दलहका भरिया बनेका छन्, राष्ट्रवादीहरूको संख्या पर्याप्त छैन । राजनीतिक दलहरू र सरकार विदेशी शक्तिको गुलाम बनेका छन् । गुलामलाई देशभन्दा प्यारो आफ्ना मालिक हुन्छन् ।

विदेशीको भूमिका फुटाऊ र राज गर भन्ने हो । चंगेज खानले जब बुखारा (उजबेकिस्तानलाई घेराबन्दी गर्‍याे तब उसले तुरुन्तै शहरमाथि आक्रमण गरेन । उनले बुखाराको नगरवासीहरूलाई एउटा पत्र लेखे ( ती मानिसहरू जसले मलाई साथ दिन्छन् तिनीहरूको ज्यान बकस दिनेछुु । चंगेज खानको यो सन्देश सुनेर बुखाराका मानिसहरू दुई भागमा बाँडिए । एउटा पक्षले चंगेज खानको सन्देशलाई स्वीकारेर उनलाई साथ दिन तयार भयो अर्को पक्ष उनको विरोधमा उभियो ।

त्यसपछि चंगेजले उनको पक्षधरलाई अर्को सन्देश पठाए (यदि तिमीहरू मेरो विरोध गर्ने मानिससँग लड्न तयार हुन्छौ भने म तिमीहरूलाई बुखारा शहर फर्काइदिनेछु । यो खबर सुनेर उनका समर्थकहरूले उनलाई साथ दिँदै आफ्नै नगरवासी आफन्तहरू विरुद्धको युद्ध गरेर चंगेज खानलाई जिताए तर बुखारा जितेपछि चंगेज खानले बुखारावासी आफ्ना समर्थकहरूको आमहत्या गरे । त्यसपछि चंगेज खानले भने ( यदि यिनीहरू सत्य र बफादार भएका भए उनीहरूले हाम्रा लागि आफ्ना दाजुभाइहरूलाई धोका दिँदैनथे जबकि हामी उनीहरूका लागि अपरिचित हौं ।

विदेशी शक्तिको स्वार्थका लागि जानी नजानी पुष्पकमल दाहाल र बाबुराम भट्टराईको आदेशमा आफ्नो देश र सनातन धर्मविरुद्ध लड्ने असंख्य लडाकु, माओवादी कार्यकर्ता र १२ बुँदे सहमतिमा साथ दिने दलहरूका कार्यकर्ता तथा समर्थकले जुन बलिदान, त्याग र साथ दिए त्यो देश तथा सनातन धर्मविरुद्ध थियो । चंगेज खान एउटा यायावर कबिलाको सरदारले मंगोलियाको साम्राज्य युरोशियासम्म फैलाएका थिए । उनको शासनकालमा मंगोलिया समृद्ध तथा शक्तिशाली थियो । उनले आफ्नो मुलुकका लागि धेरै असल कामहरू पनि गरे ।

उनी हत्यारा थिए, लुटेरा थिए, आफ्नो राज्य विस्तारमा हिंस्रक थिए तर उनले जे गरे आफ्नो मुलुकका लागि गरे कुनै विदेशी शक्तिका लागि होइन् । उनी मंगोलियाको सनातन धर्म तेन्ग्री धर्मको भक्त थिए न कि ख्रिष्टान धर्म प्रचारक तथा विस्तारक । उनले राष्ट्रको लेखन लिपिमा उईघुर लिपिलाई अपनाए । उनले धर्म सहिष्णुतालाई प्रोत्साहित गरे, जनजातिहरूलाई ऐक्यबद्ध गरे न कि हाम्रो जस्तो मंगोल, किरात, थारू, मधेशी, नाकचुच्चे, नाकथेप्चे आदिमा विभाजित गरे । वर्तमान मंगोलियाका जनताले उनलाई मंगोलियाका संस्थापक पिताको रूपमा मान्दछन्, न कि हाम्रो जस्तो राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहको सालिकहरू भत्काउने कृतघ्न छन् ।

तर, हाम्रा चंगेज खान क्रुर तथा हिंस्रकमात्र होइनन्, अपितु सनातन धर्म, मौलिकता र मुलुकको हत्यारा, आफ्नो स्वार्थका लागि विदेशी शक्तिकेन्द्रका गुलाम बनी आफ्नै राष्ट्रविरुद्ध हतियार उठाएको, आदिवासी, जनजाति, पहाडी, मधेसी आदि नेपालीलाई विभाजन गरेर देश टुक्र्याउने बीजारोपण गरेका व्यक्तिहरू हुन् र यिनलाई साथ दिने जुनियर चंगेज खानहरू पनि यीभन्दा कम छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?