नेपाल बार काउन्सिलको ३०औँ वार्षिक उत्सव सम्पन्न

यज्ञराज पाण्डे
Read Time = 3 mins

धनगढी । नेपाल बार काउन्सिलको ३०औं वार्षिक उत्सव समारोह धनगढीमा सम्पन्न भएको छ । सुुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यमा काउन्सिलको वार्षिक उत्सव कैलालीको धनगढीमा सम्पन्न गरिएको हो ।

कार्यक्रममा महान्यायाधिवक्ता डा. दिनमणी पोख्रेल विशिष्ट अतिथिका रुपमा हुनुहुन्थ्यो भने नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको समेत सहभागिता रहेको थियो ।

महान्यायाधिवक्ता पोख्रेलले कानुन व्यवयायीहरूको व्यावसायिक आचरणमा बारले खेलेको भूमिका उल्लेख्य भएको भन्दै आगामी दिनमा कानुन व्यवसायीहरूको परिपक्वताका लागि विभिन्न तालिमहरू आयोजना गर्ने बताउनु भएको थियो । त्यस्तै, बारका अध्यक्ष घिमिरेले कानुन व्यवसायीहरुको व्यवसाय प्रवद्र्धनका लागि बारले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौला (भर्चुअल माध्यमबाट सहभागी), सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री शिव राज भट्ट, पुर्व महान्यायाधिवक्ता प्रा.डा. युव राज संग्रौला, उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश कृष्णलाल भट्टराई, प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय, बार काउन्सिलका पार्षद प्रकाश पाण्डेको सहभागिता रहेको थियो ।

सुदूरपिश्चममा बारले मनाएको वार्षिक उत्सवको कार्यक्रमले मोफसलाका कानुनी व्यवसायीहरूलाई हौसला प्रदान गरेको पार्षद् पाण्डेले बताउनु भयो ।

कार्यक्रममा सुदूर न्यायदर्पण भाग १ वर्ष २०८० पुस्तकको विमोचनसमेत गरिएको थियो । भेलाले कानुन व्ययसायीहरूको सुदुरपश्चिम प्रदेश स्तरीय कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरी संयोजनको जिम्मेवारीका लागि वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्दको संयोजकत्वमा समिति गठन गरेको छ ।

काउन्सिलको प्रदेश कार्यालयको जग्गा व्यवस्थापनका लागि सम्बन्धित निकाययलाई आग्रह गर्ने, पेशागत क्षमता अभिवृद्धिका लागि सरकारसँग आग्रह गर्ने सहितका ११ वटा बुँदा सहितको धनगढी घोषणा पत्र जारी गरी सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?