गौतमलाई चलचित्र कलाकार संघको सहयोग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । क्यान्सरविरुद्ध उपचार गराइरहनुभएका लोकप्रिय हास्य कलाकार तथा रंगकर्मी घनश्याम गौतम ‘नक्कली प्रचण्ड’लाई नेपाल चलचित्र कलाकार संघले आर्थिक सहयोग उपलब्ध गराएको छ । संघको कलाकार कल्याणकारी कोषकी संयोजक पवित्रा आचार्यका अनुसार कलाकार गौतमलाई बुधबार एकमुष्ठ एक लाख ३६ हजार ६६४ रुपैयाँ हस्तान्तरण गरिएको थियो ।

गौतमको स्वास्थ अवस्थाबारे जानकारी लिन अध्यक्ष मोहन निरौला, सचिव रामेश्वर बुर्लाकोटी, कोषाध्यक्ष सुनिल कटुवाल, सह-कोषाध्यक्ष तथा कलाकार कल्याणकारी कोषका संयोजक पवित्रा आचार्य, कार्यकारी सदस्यहरू पुकार भट्टराई, पवन केसी, नम्रता खरेल, कलाकार सहायता तथा अनुगमन समितीका सदस्य बबिता ढकाल, आजीवन सदस्य सामना सिटौलालगायत कलाकार भक्तपुरस्थित क्यान्सर अस्पताल पुग्नुभएको थियो । संघको टोलीले सोही अस्पतालमा उपचार गराई रहनुभएका कलाकार भुवन खड्काको पनि स्वास्थ अवस्था बारे जानकारी लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?