काठमाडौं । कर्णालीका गाउँखाने (साइतर) कथाहरू पुस्तकको लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । चन्दननाथ नगरपालिका जुम्लाका शिक्षा शाखा प्रमुख रहनुभएका लेखक खडानन्द चौलागाईंद्वारा लेखिएको यो पुस्तकको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य तथा समालोचना विभाग प्रमुख प्राज्ञ डा. मधुसुदन गिरीले गर्नुभएको हो ।
आयुषराज मल्टिमिडिया आयोजक रहेको उक्त पुस्तक लोकार्पण कार्यक्रममा चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख राजुसिंह कठायत, डा. भीम केसी, नेपाली कांग्र्रेसका नेता दिलबहादुर महतले पुस्तकका बारेमा प्रकाश पार्दै अन्वेषक तथा अध्येता लेखक खडानन्द चौलागाईंलाई हौसला दिनुभयो ।
प्रमुख अतिथिका तर्फबाट पुस्तकका बारेमा चर्चा गर्दै प्राज्ञ मधुसुदन गिरीले देउडा साहित्य, कर्णालीको लोकसंस्कृति र लोकसाहित्यलाई उपभोक्तावादी तप्काले तहसनहस पार्न खोजिरहेकाले कर्णालीवासीलाई सजग रहन आग्रह गर्नुभयो । कवि मोतीराज बमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व मिडियाका अध्यक्ष भरतबहादुर मल्लले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच