भाडामा नै चल्छन् भोजपुरमा सरकारी कार्यालय

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । नागरिकलाई सहज र सरल तरिकबाट सेवा दिने नागरिक बडापत्रमा उल्लेख गरिएता पनि भोजपुरमा रहेका अधिकांश सरकारी कार्यालयहरु भाडाका घरमा संचालन भई रहेकाले सेवा प्रवाह प्रभावकारी हुन सकिरहेको छैन । भोजपुरका अधिकांश सरकारी कार्यालयहरु आफनो भवन नहुदाँ भाडाका घरबाट नै चल्दै आईरहेका छन् ।

नेपाल टेलिकम, जिल्ला निर्वाचन कार्यालय, आर्युवेद स्वास्थ्य केन्द्र, तथ्यांक कार्यालय, नेपाल बैक लिमिटेड, कृषि बिकास बैक, राष्ट्रिय बाणिज्य बैक, करदाता सेवा कार्यालय, नेपाल बायु सेवा निगम जस्ता महत्वपूर्ण कार्यालयहरु भाडाका घरबाट नै संचालनमा आई रहेका छन । भाडाका घर पनि कार्यालय प्रयोजनका लागि सहज नहुने भएकाले कतिपय कार्यालयहरुले घर समेत परिवर्तन गर्दे आई रहेका छन् ।

आफना कार्यालयका भवनहरु नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्दे आई रहेको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख मनोज पण्डितले बताउनुभयो । प्रमुख पण्डितले भन्नुभयो, “जिल्लामा कार्यालय संचालनमा आएसँगै भाडाका घरबाट सेवा प्रवाह भई रहेको छ, जग्गा खरिद र भवन निर्माणका लागि बजेट अभाव हुने भएकाले दुखका साथ कार्यालय संचालन हुदै आएको छ ।” स्वास्थ्य संस्था भएता पनि भवन अभावमा भाडामा लिएको केही कोठाबाट सेवा चलाउने पर्ने बाध्यता रहदै आएको प्रमुख पण्डितको धारणा रहेको छ ।

आर्युवेद कार्यालय मात्र होइन अन्य कार्यालयहरुको पनि अवस्था त्यस्तै रहेको छ । कार्यालय प्रयोजनाका लागि जिल्लामा भनेको स्थानमा घर समेत अभाव हुने भएकाले भाडामा पाउन समेत मुस्किल हुने गरेको नेपाल बायु सेवा निगम भोजपुरका प्रमुख प्रकाश खडकाले बताउनुभयो । “जग्गा खरिद र भवन निर्माणका लागि बजेट बिनियोजन हुदैन, जसका कारण मासिक सम्झौता गरेर घर भाडामा लिनुको बिकल्प छैन ।”

निर्वाचनसँग सम्वन्धित सेवा दिने जिल्ला निर्वाचन कार्यालय जिल्ला समन्वय समिति मातहतमा रहेको गेष्ट हाउसमा संचालनमा रहदै आएको छ । कार्यालयको आफनो भवन नहुदाँ समन्वयको भवन प्रयोग गर्नु पर्ने बाध्यता रहेको कार्यालयले जनाएको छ । गेष्ट हाउसमा कोठाहरु समेत पर्याप्त नभएका कारण निर्वाचनको समयमा सेवा प्रवाहमा बढी समस्या हुने गरेको छ ।

कार्यालय प्रयोजनका लागि लिएको घर उपयुक्त नभएको भन्दै नेपाल टेलिकमले केही समय अगाडी मात्र घर परिवर्तन गरेको छ । बजार आसपासमा नै कार्यालय राख्नु पर्ने भएकाले नयाँ घरको ब्यवस्थापन गरी कार्यालय संचालन गरिएको कार्यालय प्रमुख निरज निरौलाले बताउनुभयो । भवन पनि नभएको र सदरमुकाम आसपासमा नै कार्यालय राख्नु पर्ने भएकाले बजार क्षेत्रमा घर भाडामा लिएको प्रमुख निरौलाले बताउनुभयो ।

राजस्व सम्वन्धी कारोवार गर्ने करदाता सेवा कार्यालयको सेवा पनि हाल भाडाको घरबाट संचालन हुदै आई रहेको छ । सरकारी कार्यालयहरुको भवन निर्माणका लागि जग्गा खरिदको ब्यवस्था नहुने हुदाँ समस्या हुदै आएको कार्यालयहरुले जनाएका छन । सरकारी बैकहरुको पनि आफनो भवन नहुदाँ घरभाडामा लिएर बैकिङ कारोवार हुदै आई रहेको छ । जिल्ला सदरमुकामा रहेका कार्यालयहरु मात्र होइन गाउँपालिकाका कार्यालयहरु समेत भाडामा नै संचालन हुदै आई रहेको छ । जिल्लाको पूर्वी अरुण गाउँपालिका पनि प्याउलीमा घरभाडा लिएर संचालन हुदै आई रहेको छ । घरभाडामा लिदाँ बढी रकम तिर्नु परेकाले भवन निर्माणको प्रक्रियामा गाउँपालिका रहेको अध्यक्ष शालिकराम खत्रीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?