अभिनेत्री ढुंगानालाई पितृ शोक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । अभिनेत्री निता ढुंगानालाई पितृ शोक परेको छ । उहाँका बुबा सोमप्रसाद ढुंगानाको शनिबार ८० वर्षको उमेरमा निधन भएको हो । निताले सामाजिक सञ्जालमा एक पोस्टमार्फत् बुबाको निधन भएको जानकारी गराउनुभएको हो ।

उहाँका पिताप्रति फिल्मकर्मी तथा शुभचिन्तकहरूले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । बाल्यकालमै आमाको काख गुमाउनुभएकी निता बुबासँग अत्यन्त नजिक हुनुहुन्थ्यो । निताले बुबालाई आफ्नो भगवान् भन्दै श्रद्धाञ्जलि दिनुभएको छ । ‘हार्दिक श्रद्धाञ्जलि मेरो भगवान मेरो बुबाको बैकुण्ठवास होस् ।’ निताले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?