‘घुमिफिरी तीज पनि आयो बरिलै’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गायीका मनमाया वाइवाको स्वरमा रहेको तिज गीत ‘घुमिफिरी तीज पनि आयो बरिलै’ को भिडियो सार्वजनिक भएको छ ।

मुक्ती अर्यालको शब्द तथा नारायण त्रिपाठी (प्रेमचरो)को परिकल्पना रहेको गीतको भिडियो युट्युव मार्फत सार्वजनिक गरिएको हो ।

नेत्रप्रसाद अधिकारी ‘भिमसेन’को निर्देशनमा बनेको भिडियोमा शर्मिला श्रेष्ठ, स्मृति चौलागाई, स्नेह चौलागाई, रश्मी चौलागाई, दमयन्ती अर्याल, विष्णु अर्याल, राधिका चौलागाईलगायत हातेमालो समूहका महिलाहरुको अभिनय रहेको छ ।

शिशिर अर्याल क्रिएटिभ निर्देशक एवं सम्पादक रहेको भिडियोको मुख्य सहायक निर्देशक उत्सव पौडेल हुन् । भिडियोमा प्रवेश पोखरेलको छायाङ्कन रहेको छ ।

गीतकार अर्याल विदेशमा रहेर पनि गीत संगीतलाई माया गर्ने ब्यक्ति हुन् । अमेरिका निवासी भौतिक शाश्त्री डा अर्याल पेशाले इन्जिनियर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?