अनेसास कविता महोत्सवमा जगन्नाथ प्रथम

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कविता महोत्सवको तेस्रो संस्करणमा जगन्नाथ पौडेल सर्वोत्कृष्ट हुनुभएको छ । अनेसासद्वारा आयोजित ‘अनेसास कविता महोत्सव २०२३’ मा अमेरिकाको भर्जिनिया निवासी कवि जगन्नाथ पौडेल सर्वोत्कृष्ट हुनुभएको हो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले यस प्रतियोगिता आयोजना आयोजना गरेको थियो ।

अनेसासका अध्यक्ष गोवर्धन पुजाका अनुसार यस महोत्सवका लागि प्रतियोगितामा विश्वबाट तीन सय एकवटा कविता प्राप्त भएका थिए । ती सबै कवितालाई उछिन्दै पौडेलको कविता सर्वोत्कृष्ट भएको हो ।

सो प्रतियोगितामा ललितपुरका ऋषभदेव घिमिरे द्वितीय र न्यू जर्सी अमेरिका निवासी आनन्द श्रेष्ठ, कास्कीका मदन घिमिरे र सिन्धुपाल्चोकका सुमन शिरिषका कविता तृतीय हुनुभएको छ । साहित्यकार वियोगी बुढाथोकी, रोशन थापा नीरव र सुस्मिता नेपालको निर्णायक समितिले विजेता घोषित गरेको हो ।

अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको प्रमुख आतिथ्यमा आयोजिते कार्यक्रममा अनेसास बीओटी सभापति पदम विश्वकर्माले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा सल्लाहकार प्रतीक ढकालले राष्टकवि घिमिरेको साहित्यिक योगदानको चर्चा गर्नुभएको थियो ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्धन पुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रकविका छोरीद्वय ज्योति पौडेल र शान्ति घिमिरेले राष्ट्रकविको योगदानको चर्चा गर्नुभयो । कार्यक्रममा अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, डा.रेणुका सोलु, महासचिव विमला निरौला, सदस्य तारा अधिकारीले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।

एक सय एकजना कविले कविता वाचन गरेका सो समारोह भर्चुअल माध्यम (जुम)बाट सञ्चालन गरिएको थियो । करिब पाँच घण्टा चलेको कार्यक्रमको पुरस्कार रकमलाई क्रमशः तीर्थ पाण्डे, ईश्वरी भट्ट, तीर्थराज अधिकारी, नेत्रबन्धु पोखरेल र सम्झना अर्यालले प्रायोजन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
समावेशी शिक्षा प्रभावकारी बनाउन नीतिगत सुधार आवश्यक : शिक्षामन्त्री पोखरेल नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव…