काठमाडौं । सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपालको अध्यक्षमा दीपक अर्याल चयन हुनुभएको छ । सिएमआर नेपालको ११औँ साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अर्याल पत्रकारिता प्राध्यापनका साथै मिडिया, इतिहास र समाजशास्त्रसम्बन्धी अध्ययन तथा अनुसन्धानमा संलग्न हुनुहुन्छ ।
सिएमआर नेपालको उपाध्यक्षमा श्रुति श्रेष्ठ, सचिवमा नवीन खतिवडा, कोषाध्यक्षमा हिमेशरत्न बज्राचार्य रहेका छन् । सदस्यमा सुनिता कार्की, कञ्चन अधिकारी र अनिता शाह रहेको सिएमआरले जनाएको छ ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यले अझै पनि पत्रकारितालाई सही ढंगले बुझ्न नसकेको भन्दै विषयगत र प्राविधिकरूपले दक्ष जनशक्ति तयार पार्न काउन्सिल विश्वविद्यालय र अनुसन्धान केन्द्रहरूसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच