
दीपकराज पौड्याल
काठमाडौ जिल्ला शंखरापुर नगर पूर्वमा छ पालुबारी
सबैको मन मन्त्रमुग्ध हुन्छ देखेर यहाँको हरियाली
उत्तरतर्फ हरियाली वन छ दक्षिणमा छ नगरकोट
बिचमा फाँट रसिलो जामिन राम्रो छ यहाँको बनोट
न धेरै जाडो न धेरै गर्मी बस्नलाई उद्गमस्थल
भक्तपुर र काठमाडौंबीचमा बग्दछ नदी कलकल
यसै ठाउँको पश्चिमतर्फ धार्मिक स्थल शालीनदी
परापूर्व कालमा नवराज राजाको यो राज्यनगरी
श्री वनमा स्थित पञ्चमहालक्ष्मी छिमेकी बनेर
आएकी छन् बस्न सम्पूर्ण भेगको रक्षा गर्छु भनेर
वारिपट्टि अर्को शालग्राम मन्दिर पारि छन् जालपा
जुन ठाउँ जाउँ जुन मन्दिर जाउँ रोमाञ्चित मनमा
उत्तरपूर्व बिसंभरा नारायणको बिराजमान यहाँ छ
नवराजलाई राजा बनाउने हरिहर यिनै हुन् भनिन्छ
जति वर्णन गरौं भन्छु यस ठाउँको गर्नलाई गाह्रो छ
केही शब्द कोरेर भए नि यो मन धेरै खुशी भएको छ ।
शंखरापुर नगरपालिका वडा नं-५ काठमाडौं
हाल : का.म.पा. वडा नं-४ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच