
मुम्बई । बलिउड की ड्रीम गर्ल हेमा मालिनी कुनै समयमा ठूला-ठूला स्टारहरूको ड्रीम गर्ल हुने गर्नुहुन्थ्यो । त्यो समयका ठूला-ठूला स्टारहरू हेमालाई आफ्नो बनाउने सोच राख्ने गर्दर्थे । तर, उहाँले धर्मेन्द्रसँग विवाह गर्नुभयो । सन् १९४७ को समयमा हेमालाई एउटा होइन तीन-तीन ठूला स्टार विवाह गर्न चाहन्थे । सञ्जीव कुमार, जितेन्द्र र धर्मेन्द्र तीनैजनाले हेमालाई चाहन्थे । भनिन्थ्यो सञ्जीव कुमारले हेमासँग मन नै मन माया गर्नुहुन्थ्यो । यो त्यो समय थियो जब जब हेमाको विवाहित दुई बच्चाका बाबु धर्मेन्द्रसँग नाम जोडिएको थियो । हेमाको घरमा भने यो कुरा थाहा थिएन ।
समयलाई ख्याल गर्दै संजीवले आफ्ना माता-पितालाई हेमाको घरमा विवाहको प्रस्ताव लिएर पठाउनुभयो । तर, हेमाकी आमाले यो भनेर विवाहको प्रस्तावलाई इन्कार गरिदिनुभयो कि अहिले विवाहका लागि छोरीको उमेर भइसकेको छैन । त्यसैले उनी अहिले विवाह गर्न चाहँदैनन् । हेमाको इन्कार पछि पनि सञ्जीवले हार मान्नुभएन र साथी जितेन्द्रलाई विवाहको प्रस्ताव लिएर पठाउनुभयो । जितेन्द्रले हेमालाई समझाउनुभयो कि सञ्जीव सिधा-साधा छन्, राम्रो युवा छन् तिमी उनीसँग विवाह गर । तर, हेमाले जितेन्द्रलाई जवाफ दिनुभयो कि उनी सञ्जीवलाई मन त पराउँछिन तर विवाह गर्न सक्दिनन् । हेमाले इन्कार गरेपछि सञ्जीव धेरै आहत हुनुभयो र रक्सीको साहरा लिन पुग्नुभयो जसको करण उहाँको स्वास्थ्य खराब भयो ।
संजीवसँग हेमाको विवाह नभएपछि जितेन्द्रले पनि मौका देखेर चौका हान्नुभयो । जितेन्द्रले हेमालाई विवाहको प्रस्ताव राख्नुभयो । जितेन्द्रको यो प्रस्तावलाई लिएर हेमा सोचमग्न हुनुभयो । त्यो समयमा उहाँ धर्मेन्द्रसँगको आफ्नो सम्बन्धलाई लिएर धेरै नै तनावमा हुनुहुन्थ्यो । उहाँलाई यो कुराको चिन्ता थियो कि विवाहित धर्मेन्द्रसँग विवाह बन्धनमा बाधिएपछि उहाँको सम्बन्धलाई कुन रूपमा हेरिन्छ भन्ने । धर्मेन्द्र पनि आफ्नो श्रीमती र बच्चाहरूलाई सम्झाउन सकिरहनुभएको थिएन कि के निर्णय गर्ने भनेर । जितेन्द्र सिंगल हुनुहुन्थ्यो, त्यसैले हेमालाई जितेन्द्रको प्रस्ताव इनकार गर्न धेरै मुश्किल थियो ।
चलचित्र ‘दुल्हन’को छायाँकनको समयमा दुवैले एकसाथ धेरै समय बिताए । चलचित्रको छायाँकन सकिएपछि जितेन्द्र आफ्ना माता–पिता लिएर हेमाको घरमा पुग्नुभयो । दुवैका माता-पिता कुरा गरिरहेको समयमा धर्मेन्द्रको फोन आयो र उहाँले हेमालाई रिसाउँदै कुनै पनि फैसला लिनु भन्दा पहिला एक पल्ट आफूसँग भेटन भन्नुभयो । हेमा यो फोनपछि सोचमग्न हुनुभयो । उहाँको अवस्था देखेर जितेन्द्रलाई लाग्यो कि कहीँ हेमाले आफ्नो निर्णय बदल्ने त होइनन् । त्यसैले उहाँले तिरुपति मन्दिरमा गएर विवाह गर्ने निर्णय गर्नुभयो ।
हेमा घरमा विवाहको कुरा चलिरहदा फेरि फोनको घण्टी बज्यो । यो पल्ट फोन जितेन्द्रको गर्लफ्रेन्ड शोभाको थियो । उहाँले जितेन्द्रलाई आफ्नो प्यारको बारेमा सम्झाउँदै विवाहका बारेमा एकपल्ट सोच्न आग्रह गर्नुभयो । हेमाको घरमा लगातार कहिले धर्मेन्द्रको फोन आइरहृयो त कहिले शोभाको । धर्मेन्द्र त तुरुन्त फ्लाइटमा सिधै हेमाको घर चेन्नई पुग्नुभयो । हेमासँग विवाह गर्ने जितेन्द्रको धोको अधुरो नै रह्यो र अन्ततः सन् १९७६ मा जितेन्द्रले आफ्नी गर्लफ्रेन्ड शोभासँग विवाह गर्नुभयो ।
हेमाका पिता धर्मेन्द्रसँग विवाह गर्न मञ्जुर हुनुहुन्थेन । उहाँ हेमाका लागि केटा खोज्न लाग्नुभएको थियो । तर, हेमा र धर्मेन्द्र यति नजिक भइसकेका थिए कि उनीहरू विवाह बन्धनमा बधिन चाहन्थे । धर्मेन्द्र पञ्जाबको हुनुहुन्थ्यो भने हेमा चेन्नइकी । दुबैको परिवेशमा धेरै अन्तर थियो । तर, प्यारमा दुवै धेरै नजिक भएका थिए ।
समय सँगसँगै दुवैको सम्बन्ध मजबुत हुँदै गएको थियो तर, समस्या थियो धमेन्द्रको वैवाहिक जीवन । भारतीय एक म्याग्जीनका अनुसार जब हेमालाई धर्मेन्द्रले पहिलो पल्ट प्रपोज गर्नुभएको थियो तब हेमाले भन्नुभएको थियो, ‘म त्यो व्यक्तिसँग प्यार गर्छु जोसँग म विवाह गर्छु ।’ त्यो समय लुकेको खबरमा धर्मेन्द्र आफ्नो पहिलो श्रीमती प्रकाश कौरका बारेमा कुरा गर्नुहुन्थेन । तर, हेमासँगको सम्बन्ध स्वीकार गर्न लाग्नुभएको थियो ।
सन् १९७६ मा दुवैले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा आफ्नो सम्बन्धलाई स्वीकार गर्नुभएको थियो । हेमाले धर्मेन्द्रलाई आफूले धेरै माया गर्ने बताउनुभएको थियो । दुवैको सम्बन्धको फैसलाको समय आएको थियो । तर, समस्या यो थियो पहिलो श्रीमती हुँदाहुँदै दोस्रो विवाह कसरी ? यसैबीचमा हेमाका पिताको अचानक मृत्यु भयो । यो समयमा धर्मेन्द्रले हेमालाई सहारा दिनुभयो । धर्मेन्द्रको पहिलो श्रीमती छोडपत्र गर्न तयार हुनुहुन्थेन त्यसैले दुवैले इस्लाम कबूल गरेर विवाह गर्ने निर्णय गर्नुभयो । दुवैले चुपचाप निकाह गर्नुभयो । यसपछि सन् १९८० मा दुवैले हिन्दु रीतिरिवाजबाट विवाह गर्नुभयो । यसरी हेमा धर्मेन्द्रकी दोस्रो पत्नी बन्नुभयो ।
दुवैको दुई छोरी ऐशा र ईशा हुनुहुन्छ भने दुई छोरा बबी र सन्नी हुनुहुन्छ । विवाहपछि सन् १९८१मा धर्मेन्द्रकी पहिली श्रीमतिले एक म्याग्जिनलाई दिएको अन्र्तवार्तामा भन्नुभएको थियो, ‘हेमाले जो गरिन् त्यो ठीक गरिनन् । यदि म उनको ठाउँमा हुन्थे भने त्यसो गर्ने थिइन ।’ उहाँले धर्मेन्द्रलाई पनि भन्नुभएको थियो, ‘उहाँ राम्रो श्रीमान् नभए पनि एक असल पिता हुनुहुन्छ ।’ हेमालाई अमिताभसँग पनि जोडेर त्यतिबेलाका समाचार, गसिपहरू सार्वजनिक हुने गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच