भिजन लुम्बिनीको आइपिओ बाँडफाँट

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको बाँडफाँट भएको छ । भिजन लुम्बिनीले सर्वसाधारणमा जारी गरेको आइपिओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले कम्पनीको कार्यलयमा मंगलबार बिहान बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आइपिओमा कुल ११ लाख ६१ हजार ५२९ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य थियो भने ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको थियो ।

क्यापिटलले योग्य आवेदकमध्ये गोलाप्रथाबाट २ लाख ७ हजार ५२८ जनालाई १० कित्ताको दरले सेयर बाँडफाँट गरेको छ भने बाँकी रहेको ५ कित्ता सेयर ५ जनालाई थप गरी ११ कित्ता बाँडफाँट गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?