काठमाडौं । ‘नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०’ घोषणा गरिएको छ । नातिकाजी स्मृति समाजले वरिष्ठ संगीतकर्मी नातिकाजीको ९९औं जन्म जयन्तीको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त पुरस्कार घोषणा गरेकोे हो ।
राष्ट्रपतिको हातबाट प्रदान गरिने यो सम्मान नेपाली मौलिक संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई प्रदान गरिने समाजका अध्यक्ष वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाले जानकारी गराउनुभयो । नातिकाजीको मित्रपार्कस्थित निवासमा मंगलबार आयोजित विशेष समारोहमा समाजका उपाध्यक्ष दीपक श्रेष्ठले यो वर्ष नातिकाजी स्रष्टा सम्मान तथा पुरस्कार-२०८० द्वारा सम्मानित तथा पुरस्कृत हुने व्यक्तित्वहरूको नाम घोषणा गर्नुभएको थियो ।
यस वर्ष ‘नातिकाजी राष्ट्रिय विशिष संगीत सम्मान’बाट गीत रचनातर्फ आनन्द अधिकारी, वसन्त वित्यासी थापा, राम भट्टराई, भूषण खरेल, सुनिल थापा, वाद्यवादनतर्फ केशव सुनाम, परम्परागत संगीतर्फ धर्म मुनिकार, गायनतर्फ सुदेश शर्मा, वाद्यवादनतर्फ कुमार सिंह, सुवर्ण लिम्बू, हुनुहुन्छ ।
त्यस्तै ‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’बाट पुरस्कृत हुनेहरूमा गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी, गायिका बानिका प्रधान र संगीतकार राजनराज शिवाकोटी रहनुभएको छ ।
त्यस्तै ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’बाट गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल, संगीतकार शशिविक्रम थापा र गीत रेकर्डिष्ट प्रकाश मिश्र हुनुहुन्छ । ‘नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार’ लोक गायक अमृत खातीलाई प्रदान गरिने भएको छ । ‘नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार’ कृष्ण भट्टराई र शान्तिप्रियलाई प्रदान गरिने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच