मन्त्री किराँतीको टिप्पणी : नेपालको पर्यटन क्षेत्रमा कुरा बढी, काम कम

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले नेपालको पर्यटन क्षेत्रमा कुरा बढी र काम कम हुने गरेको बताउनुभएको छ ।

नेपाल पर्यटन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालीपनको पर्यटन क्षेत्रको विकासमा आफू लागि परेपनि सोचेअनुसार अघि बढ्न नसकेको बताउनु भयो । उहाँले नेपालको पर्यटन नेपालीपनको हुुनुपर्नेमा आफूले जोड दिएको दोहो¥याउनु भयो । मन्त्री किराँतीले पर्यटन क्षेत्रमा नेपालीपन झल्काउनका लागि आफूले सांस्कृतिक गाउँ निर्माणको कुरा गरेपनि त्यसलाई मातहतका निकायले बुझ्न नसकेको बताउनु भयो । उहाँले नेपालको स्थानीय पर्व र स्वादलाई ब्रान्डिङ गरेर पनि नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न सकिने बताउनु भयो ।

मन्त्री किरातीले भन्नुभयो, ‘मैले सुरुमा मन्त्री हुँदा भनेको थिए–नेपालको पर्यटन नेपालीपनको हुनुपर्छ । कस्तो हो नेपालीपनको भन्दा नेपालको प्रकृति भव्य छ । संस्कृति उस्तै भव्य छ । संस्कृति र प्रकृतिको समायोजनबाट निर्माण हुने पर्यटन नेपाली पर्यटन हुनेछ । र, त्यो स्थानीय स्वाद र स्वामित्वसहितको हुनेछ । अब हामीले काठमाडौंमा मात्र विकास गरेर मान्छे नबस्ने भयो । अब गाउँमा नयाँ पर्यटकीय गन्तव्यहरु हामीले विकास गर्नुपर्नेछ । त्यही कारण हामीले पुरानो गाउँ खोजीको कुरा ग-यौं गन्तव्य बनाउनका लागि । हामीले सम्पदा गाउँ निर्माणको कुरा ग¥र्यौं । साँस्कृतिक गाउँ निर्माणको कुरा ग-यौं । अब अलिअलि त शुरु भएको छ । बढी कुरा, कम काम छ । अव यहाँका जात्रा महोत्सवहरु ठूलोठूलो गर्नु पाए कुनै देशमा गोरु जुधाएको हेर्न जानका लागि एक वर्षदेखि टिकट बुकिङ गराएको हुन्छ । हामीले त्यस्तो त कति हे-यौ, हे-यौं ।’

मन्त्री किराँतीले नेपालको प्रकृति र संस्कृतिको समायोजन गरेर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

उहाँले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गर्नुभयो ।

उहाँले सरकार–निजी क्षेत्रको साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जानकारी दिँदै सरकारको पर्यटन प्रवद्र्धन र विकासको नीति र लक्ष्यलाई ध्यानमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?