काठमाडौं । यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गीतको भिडियो सार्वजनिक गर्नुभएको हो । भिडियोलाई म्युजिकल सिनेमा भनिएको छ ।
कार्यक्रममा मन्त्री किरातीले गीतसंगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रसंशा गर्नुभएको थियो । ‘यो गीत हेरेपछि मलाई असहज पनि भयो । किनकि यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ । यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ’, मन्त्री किरातीले भन्नुभयो, ‘यसलाई मनोरञ्जनको रूपमा मात्र लिनु हुँदैन । यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कूल ग्राहस्थ उत्पादनमा समेत टेवा दिन्छ ।’
मन्त्री किरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको जानकारी गराउँदै ‘बालुवाको फूल’ भन्दै अरूका लागि उदाहरण बनेको जिकिर गर्नुभयो । गायक यश कुमारले बाल्यकालमा खोला किनारको बस्तीमा बालुवा चालेर जीविकोपार्जन गरेको स्मरण गर्दै मन्त्री किरातीले उहाँको प्रसंशा गर्नुभएको थियो ।
गायक यश कुमारले गीत संगीतको माध्यमले मनोरञ्जनसँगै सन्देश प्रभाव गर्न खोजेको सुनाउनुभयो । ‘मैले सुरुवाती समयदेखि नै गीतसंगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहीँ अनुरूप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भए पनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छु’, यशले भन्नुभयो । सार्वजनिक गीतको भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानीलगायत कलाकारको अभिनय छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच