
काठमाडौं । तीन सर्जकको संयुक्त कविताकृति ‘आमा’ लोकार्पण गरिएको छ । काठमाडौंमा नेपाली लेखक संघको आयोजनामा चर्चित तीन कवि मेघराज मञ्जुल, शिव गौतम र तीर्थ श्रेष्ठको संयुक्त कविताकृति ‘आमा’ लोकार्पण गरिएको हो । प्रमुख अतिथि शिक्षाविद् केदारभक्त माथेमालगायतले कृति सार्वजनिक गर्नुभएको थियो । कृतिभित्र मञ्जुल र गौतमका २०/२० र श्रेष्ठका १५ कविता समेटिएका छन् ।
प्रमुख अतिथि माथेमाले तीनै कविहरूको प्रसंशा गर्दै कविता संग्रहभित्र आमासँगै प्रकृतिको वर्णनले यसलाई सुन्दर बनाएको जिकिर गर्नुभयो । कार्यक्रममा कवि मञ्जुलले आमामाथि लेखिएका कविताहरू प्रकाशनका लागि गौतम र श्रेष्ठसँग सल्लाह गरेपछि यो कृति पाठकमाझ आएको जनाउनुभयो ।
कवि श्रेष्ठले आमामाथि युगौंदेखि कविता लेखिँदै आएको बताउँदै कृति प्रकाशनबारे जाकारी प्रस्तुत गर्नुभएको थियो । यस्तै कवि गौतमले कविताकृति प्रकाशनका विषयमा चर्चा गर्नुभयो । सो अवसरमा तीनै कविले दुई–दुईवटा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा साहित्यकारहरू माया ठकुरी, डा. रत्नमणि नेपाल, समाजसेवी दुर्गा घिमिरे र सन्ध्या पहाडीले आ–आफ्ना भनाइ राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच