
काठमाडौं । ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनीले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई ५ इभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । विद्युतीय गाडीको परिचय र प्राविधिक विवरणको सूचना प्रदान गर्न ओमोडाको चीन समूहले गत २८ डिसेम्बर २०२३ मा अनलाइन लाइभ-स्ट्रिम (प्रत्यक्ष प्रसारण) कार्यक्रम सञ्चालन गरेको थियो ।
ओमोडा नेपाल बिजनेसका प्रबन्ध निर्देशक केपान र ओमोडाका ब्राण्ड म्यानेजर रायन वाङद्वारा आयोजित लाइभ-स्ट्रिम कार्यक्रम चीनमा भएको थियो, जसमा शारडा समूहको पनि सहभागिता रहेको थियो । प्रत्यक्ष प्रसारणमा उच्च प्राविधिक सुविधा, सुरक्षा र आधुनिक डिजाइनसहितको ओमोडा ई ५ प्रस्तुत गरिएको थियो ।
कम्पनीका अनुसार ओमोडा ई ५ नेपालमा १८० एमएम ग्राउण्ड क्लियरेन्ससाथ लन्च हुनेछ । ओमोडा ई ५ को एक्टेरियर (बाहिरी) डिजाइन लाइट अफ मुभमेन्ट नामक आधुनिक डिजाइन-दर्शनमा आधारित रहेको छ । उत्साहजनक एक्टेरियर डिजाइनसाथ गाडीमा २४.६ इन्चको डुअल स्क्रिन, २५६ रङको एम्बियन्ट लाइट, प्रिमियम ८ सोनी स्पिकरसहितको क्रोम डोर हृयाण्डल, विद्युतीय सनरूफ, ५० किलोवाटको वायरलेस चार्जर, भेन्टिलेटेड सिटलगायतका विशेषता रहेका छन् । त्यस्तै २८ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुने ‘अल्टिमेट फास्ट चार्जिङ’ सुविधा पनि रहेको छ । एसपिजी अटोमोबाइल प्राइभेट लिमिटेड नेपालमा ओमोडा एण्ड जेको अटोमोबाइल कम्पनीको आधिकारिक वितरक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच