
काठमाडौं । नायिका रेजिना उप्रेतीले चलचित्र ‘मोदीबेनी’बाट कमब्याक गर्दै हुनुहुन्छ । रेजिनाले चलचित्र ‘मोदीबेनी’मा काम गर्ने पक्का भएको हो । यो चलचित्रमा अभिनय गर्दा उहाँ करिब नौ वर्षपछि पर्दामा देखिनुहुनेछ । रेजिनाले चलचित्र ‘वरदान’ पछि अभिनय गर्नुभएको थिएन ।
यही चलचित्रबाट अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दै हुनुहुन्छ । उहाँ थिएटर आर्टिष्ट हुनुहुन्छ । दिलीप केसीको पनि अभिनय रहने यो चलचित्रमा अभिनेता सरोज खनालले पनि प्रमुख भूमिका निभाउनुहुनेछ ।
शंकर कोइरालाले निर्देशन गर्ने चलचित्रको कथा आनन्द विक्रम क्षेत्रीले लेख्नुभएको हो । चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहनुभएको छ । चलचित्र यही माघ १६ गतेदेखि छायांकनमा जाने निर्माणपक्षले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच