
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल संगीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्याउनुभएको छ । देवकोटाको नाटक ‘सावित्री सत्यवान्’मा रहेको ‘आकाशमा शशी छन्’ गजललाई श्रेष्ठ स्वयंले लय भरेर स्वर दिनुभएको हो । मैतीदेवीमा रहेको देवकोटा संग्र्रहालयमा आयोजित कार्यक्रममा प्रा.डा.कृष्णहरि बरालले उक्त गजलको भिडियो लोकार्पण गर्नुभएको हो ।
सार्वजनिक गजलबारे कवि, समालोचक घनेन्द्र ओझाले टिप्पणी गर्नुभएको थियो । ओझाले महाकवि देवकोटाले गजल भनेर रचना नगरे पनि उक्त रचना गजलको संरचनामा रहेको बताउनुभयो ।
महाकवि देवकोटाका सुपुत्र प्रा.डा.पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सिर्जनालाई संगीतबद्ध र स्वरबद्ध गरेर बाहिर ल्याएकामा खुशी व्यक्त गर्नुभयो । संगीतकार श्रेष्ठले आफूले अग्रज स्रष्टालाई सम्मान गर्न तथा गजललाई गायनमा ल्याउने प्रयासमा महाकविको गजललाई रेकर्ड गरेको बताउनुभयो ।
प्रमुख अतिथि प्रा.डा.कृष्णहरि बरालले आफूले विद्यावारिधि गर्ने क्रममा फेलापारेको देवकोटाको उक्त गजल श्रेष्ठले रेकर्ड गरेर सार्वजनिक गरेकामा प्रसन्नता जनाउनुभयो । अरबदेखि भारत हुँदै नेपाल छिरेको गजलले नयाँ बाटो पनि बनाउँदै गएको उल्लेख गर्दै प्राडा.बरालले देवकोटाको कृतित्वबारे चर्चासमेत गर्नुभयो । कार्यक्रममा महाकवि देवकोटाकी सुपुत्री अम्बिकादेवी रिमालको समेत उपस्थिति थियो ।
हेम प्रभास अधिकारीले निर्देशन गरेको तथा वीरेन्द्र भाट ‘विपिन’ले छायांकन र सम्पादन गरेको भिडियोमा श्रेष्ठ स्वयंले अभिनय गर्नुभएको छ । गजल गोल्डेन क्रियसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच