
काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’को शुभमूहर्त गरिएको छ । आइतबार उक्त चलचित्रको एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शमभूहर्त गरिएको हो । चलचित्रमा ओलीले ‘प्रधानमन्त्री’ रोल निर्वाह गर्ने बताइएको छ । यो चलचित्र ‘एसिड सर्भाइभर’ मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । उक्त शुभमुहूर्तका क्रममा पहिलो दृश्यको निर्देशन पनि ओलीले नै गर्नुएको थियो । मञ्चमा अगाडितर्फ एसिड पीडितहरूलाई राखेर ओलीले निर्देशन गरिरहँदा सांसद ज्ञानेन्द्र शाहीले क्ल्याप गर्नुभएको थियो । ओली र ज्ञानेन्द्र शाहीले शुभमुहूर्तमा निर्देशन र क्ल्याप गर्दा नायक धीरेन शाक्यले क्यामेरा रोल गर्नुभएको थियो । उता शुभमुहूर्तका क्रममा पहिलो दृश्यका लागि एक्सन भन्ने काम अर्का नायक रमेश उप्रेतीले गर्नुभएको थियो ।
यो चलचित्रलाई अभिनेता रमित ढुंगानाले निर्देशन गर्नुहुनेछ । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्नुहुने छ । यो रचनाको डेब्यु चलचित्र हो । उहाँले आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गर्नुभएको छ ।
चलचित्रमा मुस्कानसहित सुरवीर पण्डित, सिम्रन खड्काको पनि अभिनय रहनेछ । ओली प्रधानमन्त्री भएका बेला एसिड पीडितहरूको पक्षमा कडा कानुन बनाउनुभएको थियो । केही समयअघि पनि अध्यक्ष ओलीले एमाले केन्द्रीय कार्यालयमा देशभरका एसिड आक्रमणबाट पीडितलाई भेला गरेर विशेष कार्यक्रम गर्नुभएको थियो ।
न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरुरी
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरुरी रहेको बताउनुभएको छ । आइतबार एसिड आक्रमण पीडितहरूको जीवनमा आधारित ‘नमेटिने घाउ’ चलचित्रको शुभमूर्हत कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एसिड आक्रमण गर्नेहरूलाई कडा सजाय दिनुपर्ने बताउनुभयो । ‘नेपालमा निर्दोषलाई फसाउने दोषीलाई बचाउने स्थिति छ’, ओलीले भन्नुभयो, ‘त्यसकारण न्याय प्रणाली र सामाजिक चेतनामा सुधार गर्न जरुरी छ ।’
अध्यक्ष ओलीले एसिड आक्रमणरहित देश बनाउन सक्नुपर्ने त्यो सन्देश दिन सक्नुपर्ने धारणा राख्नुभयो । उहाँले कतिपयले एसिड आक्रमणकारीलाई फाँसी दिनुपर्ने भनेर आवाज उठाए पनि अहिलेको संविधानले समेत त्यो व्यवस्था नगरेकाले त्यो पक्षमा आफू नरहेको बताउनुभयो । उहाँले नेपालको कानुन अनुसार जघन्य अपराधीलाई उन्मुक्ति दिइरहेको अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो, ‘जघन्य अपराधमा सोझै सत्ताको दुरुपयोग गरेर माफी दिने गरिएको छ’, अध्यक्ष ओलीले जुुल्फिकर अलिभुट्टो र शुकरातको उदाहरण दिँदै भन्नुभयो, ‘हाम्रो न्याय प्रणाली र न्याय पद्धति कस्तो छ ? हामीले साँच्चै न्याय दिलाउन सकेका छौ कि छैनौ ?’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच