गुल्मी । गुल्मीमा खानेपानी संकलनका लागि ट्याङ्की वितरण गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर –१३, दुविचौरमा लक्षित कार्यक्रम अन्तर्गत ५१ घरधुरीलाई खानेपानी ट्याङ्की वितरण गरिएको हो ।
यस वडाभित्र रहेका दलित, महिला जनजाति र विपन्नलाई आवश्यकताका आधरमा खानेपानी ट्याङ्की वितरण गरिएको हो । पानी संकलन गरि खानेपानीको समस्या केही हदसम्म भए पनि समाधान गर्न ट्याङ्की वितरण गरिएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनुभयो ।
स्वच्छ खानेपानी प्रयोगका लागि हिल ट्याङ्की वितरण गरिएको भन्दै मेयर पन्थीले ट्याङ्कीको सहि सदुपयोग गर्न आग्रह गर्नुभयो । स्वच्छ खानेपानीले नागरिकको स्वास्थ्य तथा वातावरणीय स्वच्छता कायम हुने आफुले विश्वास लिएको बताउनुभयो ।
निशुल्क ट्याङ्की पाएपछि स्थानीय खुशी देखिएका छन् । आवश्यकताका आधारमा ५०० लिटर र एक हजार लिटर क्षमता भएका ५१ वटा खानेपानी हिल ट्याङ्की लक्षित कार्यक्रम अन्तर्गत वितरण गरिएको वडाअध्यक्ष हुमबहादुर बस्नेतले बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच