इलाम । इलाम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०८० सुरु भएको छ । इलाम नगरपालिका शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको तीनदिने प्रतियोगिताको नगरप्रमुख केदार थापाले उद्घाटन गर्नुभएको छ ।
नगरप्रमुख थापाले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै इलाम नगरपालिकाका विद्यार्थीलाई यहाँका विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले खेलकुदको विकासमा लागिरहेको बताउनुभयो ।
इलाम सदरमुकामको ठूलो टुढिखेलमा मगलबार बाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका बमोजिम भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तर्गत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु खेल संचालन हुनेछन् ।
यहाँबाट उत्कृष्ट भएका खेलाडीलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गराइने छ । यस वर्ष जिल्लास्तरीय प्रतियोगिता माङसेबुङ गाउँपालिकामा संचालन हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच